
Pes
Rgp1
Pbu
Ses
cjs
Unsku
Djs
Lnp
Sgr
pku
Ggp
Gfs
Srbpu
Rgp
दाङ । देउखुरीको गढवा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा फागुन २७ गतेदेखि तीनदिने गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको छ। गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् ।उद्घाटन कार्यक्रम बोल्दै प्रमुख अतिथि ईन्द्रजित थारुले खेलकुदले […]
दाङ । लमही अस्पतालबाट गत श्रावण महिनादेखि माघ महिनासम्म २ सय ८८ जना महिलाले प्रसुती सेवा लिएका छन् । अघिल्लो वर्षको तुलनामा प्रसुती सेवा लिने महिलाको संख्यामा वृद्धि भएको लमही अस्पताल प्रसुती सेवा विभागका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक बबी महतले जानकारी दिए । गतवर्ष १ सय ८० जनाले सेवा लिएका थिए । उनका अनुसार दाङसँग […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा सम्भावित विपद जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीलाई तीव्र बनाउने निर्णय गरिएको छ । गाउँपालिका स्तरीय स्थानीय विपद व्यवस्थापन समितिको बैठकले सुख्खा मौसम सुरु भएसँगै विभिन्न प्रकारका विपद घटनाको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेको हो । मंगलबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद व्यवस्थापन समितिका […]
दाङ । देउखुरी लमही नगरपालिकामा नसर्ने रोगहरूको पहिचानका लागि निःशुल्क स्क्रिनिङ शिविर सुरुवात भएको छ । शिविरको पहिलो दिन २६ गते मंगलबार २ सय ९४ महिला र ७४ जना पुरुष गरि ३६८ जनाले सेवा लिएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले जानकारी दिए । शिविरको उद्घाटन लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गरेका हुन् […]
दाङ । राप्ती गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा देविकोट क्षेत्रमा खुला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता सम्बन्धी जानकारी दिन गाउँपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरेको हो ।गाउँपालिकाद्वारा जारी सूचनाअनुसार कार्यक्रम राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल देविकोट क्षेत्रमा सञ्चालन गरिनेछ । दौड प्रतियोगिता फागुन २९ गतेका दिन बिहान […]
डा.सम्शेर थापा मगरद्वारा ११६ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा दिइएको एक सन्देश अंश: दाङ । प्रत्येक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस केवल उत्सवको दिन मात्र होइन, महिलाको अधिकार, समानता, सशक्तिकरण तथा स्वास्थ्यका विषयमा गम्भीर रूपमा चर्चा गर्ने महत्वपुण अवसर हो । महिलाको स्वास्थ्यका विभिन्न पक्षहरू मध्ये आँखा स्वास्थ्य अत्यन्त महत्वपूर्ण विषय हो […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पाठेघरको मुखको क्यान्सर तथा प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्क्रिनिङ तथा व्यवस्थापन स्वास्थ्य शिविर सम्पन्न गरेको छ। “सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल नाराका साथ राप्ती गाउँपालिका–५ स्थित करङ्गेकोट सामुदायिक स्वास्थ्य इकाईमा आइतबार शिविर आयोजना गरिएको हो । शिविरमा […]
कैलाली । कैलाली क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित भएका छन् । २६ वर्षीय खनालले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले ७ हजार १०८ मतान्तर ल्याउन सफल भए । चौधरीले ११ हजार ९४९ मत ल्याए […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिलाको अधिकार,समानता र सशक्तिकरण सुनिश्चित गर्न राज्य, समाज र सरोकारवाला सबै पक्षले अझ सक्रिय र संवेदनशील भएर काम गर्नुपर्ने बताएका छन् । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले महिलाको हक,अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरेका हुन् । […]