
Unsku
Lnp
cjs
Rgp1
Sgr
Srbpu
Ggp
Gfs
Pbu
Rgp
pku
Pes
Djs
Ses
डा.सम्शेर थापा मगरद्वारा ११६ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा दिइएको एक सन्देश अंश:

Rgu
Rgs
Tsm
Bbu
Ggd
Ksm
Asm
Hal
Gst
Vor
Sls
Bbbpu
Rgu
Pvg
Sbs
Wsp
Ssm
Rsb
nsb

Pls
Syp
Mks
Jmb
Jmb
Rmb
Gsb
Ptm
Bml
bbt
sab
Abd
Rpp
डा.सम्शेर थापा मगरद्वारा ११६ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा दिइएको एक सन्देश अंश:
दाङ । प्रत्येक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस केवल उत्सवको दिन मात्र होइन, महिलाको अधिकार, समानता, सशक्तिकरण तथा स्वास्थ्यका विषयमा गम्भीर रूपमा चर्चा गर्ने महत्वपुण अवसर हो ।
महिलाको स्वास्थ्यका विभिन्न पक्षहरू मध्ये आँखा स्वास्थ्य अत्यन्त महत्वपूर्ण विषय हो । स्वस्थ दृष्टि बिना महिलाको शिक्षा, रोजगारी, परिवारको जीवन, र सामाजिक सहभागिता प्रभावकारी रूपमा सम्भव हुनै सक्दैन । विश्वव्यापी रूपमा हेर्दा महिलाहरू पुरुषको तुलनामा दृष्टिदोष तथा दृष्टिविहिनताबाट बढी प्रभावित हुने तथ्य विभिन्न अध्ययनहरूले देखाएको छ । यही प्रवृत्ति नेपालमा पनि देखिएको छ । तर सकारात्मक पक्ष के छ भने विगतको वर्षहरूमा महिलाहरूमा आँखा स्वास्थ्य सेवामाको पहुंच र सहभागिता बढदै गएको छ ।
महिला र आँखा स्वास्थ्यको अवस्था
विश्वमा आँखा स्वास्थ्यको अवस्था अझै चुनौतीपूर्ण रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब २.२ अर्ब मानिसहरू कुनै न कुनै प्रकारको दृष्टिदोषबाट प्रभावित रहेको छ । विश्वमा करिव १ अर्ब मानिसहरु यस्ता छन्, जसको दृष्टिदोष वा दृष्टिविहिनता रोकथाम गर्न सकिने वा उपचार गर्न सकिने भएता पनी आवश्यक उपचार नपाई अझै दृष्टि समस्या संग जीवन विताईरेको अनुमान गर्न सकिन्छ । विश्वव्यापी अध्ययनहरूका अनुसार दृष्टिदोष भएका मानिसहरूमध्ये झण्डै ५५ प्रतिशत महिला रहेका छन् । यसको प्रमुख कारणहरूमा महिलाको औसत आयु बढी हुनु, स्वास्थ्य सेवामा पहुँच कम हुनु, आर्थिक निर्भरता तथा सामाजिक कारणहरू पर्दछन् । नेपालमा पनि आँखा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि अझै धेरै महिलाहरू समयमै उपचार पाउनबाट वञ्चित हुने अवस्था रहेको छ ।
आँखा स्वास्थ्य सेवा सबैका लागि समान रूपमा उपलब्ध गराउनु आजको आवश्यकता हो । विशेष गरी महिलाहरूका लागि समुदायस्तरमै आँखा जाँच, उपचार तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । जब महिलाहरूको आँखा स्वास्थ्य राम्रो हुन्छ, तब उनीहरूको जीवनस्तर सुधार हुन्छ, परिवारको हेरचाह राम्रो हुन्छ र समाजको समग्र विकासमा सकारात्मक प्रभाव पर्छ । नेपालको संविधान २०७२ ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसहित गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँचको अधिकार सुनिश्चित गरेको छ । यस व्यवस्थाले महिलाको स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा मान्यता दिएको छ ।
स्वास्थ्य सेवामा समान पहुँचको यो संवैधानिक व्यवस्था महिलाको आँखा स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ । तर व्यवहारमा अझै धेरै महिलाहरू आर्थिक अवस्था, चेतनाको कमी, सामाजिक संरचना तथा स्वास्थ्य सेवामा पहुँचको अभावका कारण समयमै आँखा उपचार सेवा लिन सकिरहेका छैनन् ।
आँखा स्वास्थ्य सेवामा महिलाको सहभागिताः एक सकारात्मक संकेत
नेपालमा विभिन्न संस्थाहरूले आँखा स्वास्थ्य सेवाको पहुंच र आंखा स्वास्थ्य सेवाको विस्तार गर्न महत्वपूर्ण योगदान दिएका छन् । विशेषगरी नेपाल नेत्रज्योति संघ अन्तर्गतको २८ वटा आँखा अस्पतालहरु र २५० भन्दा बढी आंखा उपचार केन्द्रहरुले देश र छिमेकी राष्ट्रका लाखौँ सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दे आई रहेको छ । त्यसमध्ये नेपाल नेत्रज्योति संघ, दाङ शाखा अन्तर्गको आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजले पनि लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशको सेवाग्राहीहरुलाई वि.स. २०४२ (सन् १९८६) देखि व्यापकरुमा आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।
आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत हाल तीन वटा आंखा अस्पतालहरु (राप्ती आंखा अस्पताल, छन्द (कालेबाबु)नारायणी आंखा अस्पताल र लमही आंखा अस्पताल) तथा ६ वटा सर्जिकल सेन्टर अर्थात शल्यक्रिया सहितको सेवा प्रदायक केन्द्र र ६ वटा आंखा उपचार केन्द्रहरु संचालनमा रहेको छ । स्थापना काल देखि हाल सम्म अर्थात ४ दशकको अवधीमा ४३ लाख भन्दा बढीलाई आंखा उपचारको सेवा उपलब्ध गराएको छ भने उक्त संख्या मध्ये २ लाख ६० हजार भन्दा बढी मोतिविन्दुको शल्यक्रिया गरि नयां ज्योति प्रदान गरेको छ । यसरी गत् वर्ष (सन् २०२५) मा यस कार्यक्रम अन्तर्गत प्रदान गरिएका सेवाहरूको विश्लेषण गर्दा महिलाहरूको सहभागिता उल्लेखनीय देखिन्छ ।
कार्यक्रमको तथ्याङ्क अनुसार सन् २०२५ मा कुल ३ लाख २६ हजार ७१९ बहिरंग सेवा मध्ये पुरुष १ लाख ४० हजार (४३%) र महिल १ लाख ८६ हजार ७११ (५७%) ले सेवा लिएको थियो । यसले देखाउँछ कि आँखा जाँच गराउन आउने अर्थात सेवा लिनेको संख्या महिलाको संख्या (५७%) पुरुषभन्दा उल्लेखनीय रूपमा बढी रहेको छ । यसरी मोतियाबिन्दको शल्यक्रिया १६ हजार ५४२ मध्ये पुरुष ७ हजार ४२१ (४५%) र महिला ९ हजार १२१ (५५%)। शल्यक्रियाको सेवा लिनेको संख्या पुरुषको भन्दा बढी अर्थात ५५ प्रतिशत रहेको छ । दृष्टि परीक्षण तथा चस्मा सेवा लिनेको संख्या ३२ हजार ५२२ मध्ये पुरुष ४२ प्रतिशत र महिला ५८ प्रतिशत रहेको थियो ।
यी सबै सेवाहरूको समग्र विश्लेषण गर्दा एउटा महत्वपूर्ण सन्देश स्पष्ट हुन्छ—महिलाहरू आँखा स्वास्थ्य सेवामा सचेत हुँदैछन् । अर्थात यो परिवर्तनका केही प्रमुख कारणहरू मध्ये समुदाय स्तरमा स्वास्थ्य चेतनाको वृद्धि, आँखा स्वास्थ्य सेवाको पहुँच र सेवाको विस्तार, महिला स्वास्थ्यप्रति बढ्दो जनचेतना र जागरूकता, स्थानीय समुदाय तथा स्वास्थ्य संस्थाहरूको सक्रियता, विशेषगरी ग्रामीण क्षेत्रमा सञ्चालन हुने आँखा शिविरहरूले महिलाहरूलाई सेवा लिन सहज बनाएको छ ।
महिलाको आँखा स्वास्थ्यको महत्व
महिलाको आँखा स्वास्थ्य केवल व्यक्तिगत स्वास्थ्यको विषय मात्र होइन, यो परिवार, समाज र समग्र अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण विषय हो । नेपालमा धेरै महिलाहरू परिवारको मुख्य हेरचाहकर्ताको भूमिकामा रहेका हुन्छन् । उनीहरू घरपरिवारको व्यवस्थापन, कृषि तथा घरेलु कार्यमा संलग्न रहने, बालबालिकाको शिक्षा र स्वास्थ्यको जिम्मेवारी वहन गर्ने जस्ता महत्वपूर्ण भूमिकामा सक्रिय हुन्छन् । यदि महिलाहरू दृष्टिदोष वा अन्य आँखा समस्याबाट प्रभावित भए भने त्यसको प्रभाव उनीहरूको व्यक्तिगत जीवनमा मात्र सीमित रहँदैन, परिवारको समग्र जीवनशैली, बालबालिकाको हेरचाह तथा परिवारको आर्थिक गतिविधिमा समेत नकारात्मक असर पर्न सक्छ । त्यसैले महिलाको आँखा स्वास्थ्य सुरक्षित र सुदृढ हुनु स्वस्थ परिवार, सशक्त समाज र समुन्नत राष्ट्र निर्माणका लागि अत्यन्त आवश्यक छ ।
महिला र आँखा स्वास्थ्यः दिगो विकासको लक्ष्य सँगको सम्बन्ध । सन् २०१५ मा संयुक्त राष्ट्रसंघले अपनाएको दिगो विकासका लक्ष्यहरुका १७ लक्ष्यहरू मध्ये धेरैले महिलाको स्वास्थ्य, अधिकार र समानतामा जोड दिएका छन् । लक्ष्य नं.१ (No Poverty) अर्थात गरिबी न्यूनीकरण ले स्वास्थ्य सेवामा पहुँच बढ्दा महिलाको उत्पादक क्षमता र आय आर्जनमा वृद्धि हुन्छ । विशेषगरी आँखा स्वास्थ्य र दृष्टि सुधारले महिलालाई आत्मनिर्भर बन्न, रोजगारी र साना व्यवसायमा सक्रिय रहन, र आफ्नो जीवनस्तर उकास्न मद्दत गर्छ । यसरी महिलाको सशक्तिकरणले परिवार र समुदायमा समेत सकारात्मक प्रभाव पार्दछ ।
लक्ष्य नं.३ -Good Health and Well–being_ ले सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्छ । यसअन्तर्गत महिलाले समयमै आँखा जाँच, मोतीबिन्दु शल्यक्रिया, दृष्टि सुधार र निवारक सेवा पाउनु अत्यन्त महत्वपूर्ण छ । यसले उनीहरूको व्यक्तिगत स्वास्थ्य मात्र होइन, परिवारको दैनिकी, बालबालिकाको हेरचाह र पारिवारिक आर्थिक क्रियाकलापमा पनि सकारात्मक प्रभाव पार्छ ।
यसैगरी, लक्ष्य नं. ४ (Quality Education) ले महिला आँखा स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित छन् । शिक्षा र स्वास्थ्य सचेतनाले महिलालाई समयमै उपचार सेवा लिन उत्प्रेरित गर्छ ।
लक्ष्य नं.५ (Gender Equality) ले महिला र पुरुषबीच समान अवसर र अधिकार सुनिश्चित गर्छ । आँखा स्वास्थ्य सेवामा महिलाको पहुँच सुनिश्चित गर्नु केवल स्वास्थ्यको विषय मात्र होइन, उनीहरूको सशक्तिकरण र समानताको पनि संकेत हो । जब महिलाहरू स्वस्थ र सक्षम हुन्छन्, उनीहरूले शिक्षा, आर्थिक गतिविधि र समुदायको सामाजिक जीवनमा सक्रिय योगदान दिन सक्छन् ।
यसैगरी, लक्ष्य नं.१० (Reduced Inequalities) पनि महिला आँखा स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित छ् । समान पहुँच सुनिश्चित गर्दा स्वास्थ्य असमानता घट्दछ ।
आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगजको तथ्यांकले पनि दिगो विकासका लक्ष्यहरुसंग सम्बन्ध स्पष्ट देखाउँछ । सन् २०२५ मा कुल इएम् सेवाग्राहीमध्ये महिला ५७% थिए भने मोतीबिन्दु शल्यक्रियामा महिला ५५% र च्भाचबअतष्यल सेवामा महिला ५८% ले सेवा लिएका थिए । यसले देखाउँछ कि महिलाहरू आँखा स्वास्थ्य सेवा लिँदै सशक्त र सक्रिय सहभागिता जनाइरहेका छन् ।
अन्ततः, महिलाको आँखा स्वास्थ्य सुरक्षित गर्नु मात्र व्यक्तिगत स्वास्थ्यको आवश्यकता होइन, यो दिगो विकासको लक्ष्यं, समानता, परिवारको कल्याण र राष्ट्रको समग्र विकाससँग प्रत्यक्ष रूपमा जोडिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हामी सबैले महिलालाई सहज, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न प्रतिवद्ध हुनुपर्छ ।
यद्यपि आँखा स्वास्थ्य सेवामा सकारात्मक प्रगति देखिए पनि अझै केही महत्वपूर्ण चुनौतीहरू कायम रहेका छन् । विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य सेवामा पहुँचको कमी, आर्थिक अभाव, आँखा स्वास्थ्यसम्बन्धी जानकारी तथा चेतनाको कमी जस्ता समस्याहरू अझै विद्यमान छन् । साथै सामाजिक तथा सांस्कृतिक अवरोधहरूले पनि महिलाहरूलाई समयमै स्वास्थ्य सेवा लिनबाट रोक्ने गरेको पाइन्छ । कतिपय अवस्थामा महिलाहरूले आफ्नै स्वास्थ्यभन्दा परिवारका अन्य सदस्यहरूको स्वास्थ्यलाई प्राथमिकता दिने प्रवृत्ति पनि देखिन्छ ।
यसका कारण उनीहरूले आफ्नै आँखा समस्या वा स्वास्थ्य समस्यालाई बेवास्ता गर्दै उपचार लिन ढिलाइ गर्ने अवस्था रहेको पाईन्छ । फलस्वरूप, सानो समस्या पनि पछि गम्भीर बन्दै जाने जोखिम बढ्ने गर्दछ । यसैले यी चुनौतीहरूलाई सम्बोधन गर्दै महिलाहरूलाई सहज, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न राज्य, स्वास्थ्य संस्था, गैर सकारी संस्था तथा समुदाय सबैको संयुक्त प्रयासको आवश्यक्ता रहेको छ ।
नेपाल नेत्रज्योति संघ, आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजले महिलाको स्वास्थ्य र सशक्तिकरणलाई उच्च प्राथमिकतामा राखेका छौं । तथ्यांकले पनी महिलाहरुको बहिरंग सेवा, मोतिविन्दुको शल्यक्रियाको सेवा तथा दृष्टि परिक्षण जस्ता आँखा स्वास्थ्य सेवाहरुमा सक्रिय सहभागिता रहेको देखिन्छ । स्वास्थ्य पहुँचमा मात्र सशक्त नभई, उनीहरूको जीवनस्तर, आत्मविश्वास र समाजमा सहभागितामा पनि वृद्धि भएको छ । विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० र दिगो विकास लक्ष्यको ९क्म्न्० अनुसार, महिला स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्नु हाम्रो दायित्व झन बढाएको छ । यसले समाजमा न्याय, शिक्षा, र समानताको वातावरण निर्माण गर्दछ ।
आजको यस ११६ औं विश्व महिला दिवसको अवसरमा सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसरू भन्ने नारा सहित सबैजनाले संकल्प गरौंं – प्रत्येक महिलालाई आँखा स्वास्थ्यको पहुँच, जानकारी र उपचारमा सशक्त बनाउने छौं किन भने , महिला सशक्त भएमा समाज सशक्तहुन्छ; महिला स्वास्थ्य भएमा राष्ट्र स्वास्थ्य हुन्छ ।
नेपाल नेत्रज्योति संघ प्रमुख प्रशासक:आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज
