
pku
Gfs
Sgr
Srbpu
Djs
Lnp
Ggp
Pbu
Ses
Unsku
cjs
Rgp
Rgp1
Pes

Tsm
Sbs
Wsp
Rgu
Rsb
Sls
Rgs
Hal
nsb
Bbbpu
Pvg
Gst
Asm
Ggd
Ksm
Bbu
Vor
Ssm
Rgu

Jmb
Mks
sab
Pls
Bml
Rmb
Ptm
Jmb
Rpp
Gsb
bbt
Syp
Abd
दाङ । देउखुरी लमही नगरपालिकामा नसर्ने रोगहरूको पहिचानका लागि निःशुल्क स्क्रिनिङ शिविर सुरुवात भएको छ ।
शिविरको पहिलो दिन २६ गते मंगलबार २ सय ९४ महिला र ७४ जना पुरुष गरि ३६८ जनाले सेवा लिएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले जानकारी दिए ।
शिविरको उद्घाटन लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले राज्यले उपलब्ध गराउँदै आएको निःशुल्क स्वास्थ्य सेवा सबै नागरिकले सहज रूपमा पाउनुपर्ने बताए । स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबै नागरिक सचेत हुनुपर्ने उनको भनाइ थियो ।
शिविरलाई सम्बोधन गर्दै लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले यस्ता स्वास्थ्य कार्यक्रमले नागरिकलाई रोगबारे समयमै जानकारी पाउन र उपचारको अवसर प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नगरपालिकाले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै शिविरबाट बढीभन्दा बढी नागरिकले लाभ लिनुपर्नेमा जोड दिए ।
लमही नगरपालिका १ का वडा अध्यक्ष दामोदर पौडेलले नसर्ने रोगको जोखिम बढ्दै गएको अवस्थामा नियमित स्वास्थ्य परीक्षण र जनचेतना अत्यन्त आवश्यक रहेको बताए । साथै राज्यले उपलब्ध गराइरहेको निःशुल्क स्वास्थ्य सेवाको सदुपयोग गर्न वडा नम्बर १ का सबै वडावासीलाई आग्रह गरे ।
कार्यक्रमका लागि जिल्ला स्वास्थ्य कार्यालय दाङले शिविरमा प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माका अनुसार फागुन २७ गते सोनपुर स्वास्थ्य चौकी, २८ गते वडा नम्बर ३ को कार्यालय, २९ गते सेम्रहवा नगर स्वास्थ्य केन्द्र, ३० गते आदर्श नमूना माध्यमिक विद्यालय देउपुर, चैत्र १ गते मध्यनगर नगर स्वास्थ्य केन्द्र, २ गते कोलही नगर स्वास्थ्य केन्द्र, ३ गते वनगैं नगर स्वास्थ्य केन्द्र, ४ गते वडा नम्बर ७ को वडा कार्यालय, ५ गते सतबरिया स्वास्थ्य चौकी, ६ गते वडा नम्बर ९ को कार्यालय र चैत्र ७ गते अमिलिया नगर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिनेछ ।
लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माका अनुसार लमही नगरपालिकाका नौवटै वडामा क्रमशः यो शिविर सञ्चालन गरिनेछ ।
