
pku
Lnp
Pes
Rgp
Rgp1
Gfs
Srbpu
Ses
Unsku
Pbu
cjs
Djs
Ggp
Sgr

Gst
Tsm
Rgs
Ksm
Bbu
nsb
Rgu
Sbs
Wsp
Asm
Sls
Rgu
Ssm
Vor
Bbbpu
Pvg
Ggd
Hal
Rsb

Abd
Jmb
Jmb
Bml
Pls
bbt
sab
Rmb
Gsb
Syp
Mks
Rpp
Ptm
दाङ । लमही अस्पतालबाट गत श्रावण महिनादेखि माघ महिनासम्म २ सय ८८ जना महिलाले प्रसुती सेवा लिएका छन् ।
अघिल्लो वर्षको तुलनामा प्रसुती सेवा लिने महिलाको संख्यामा वृद्धि भएको लमही अस्पताल प्रसुती सेवा विभागका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक बबी महतले जानकारी दिए । गतवर्ष १ सय ८० जनाले सेवा लिएका थिए ।
उनका अनुसार दाङसँग सिमाना जोडिएको छिमेकी जिल्ला प्युठानका केहि ग्रामिण बस्तीका महिलाहरु समेत सुत्केरी गराउन लमही अस्पताल आउने गरेका छन् । देउखुरी क्षेत्रका अधिकांश स्वास्थ्य संस्थाबाट सुत्केरी सम्बन्धी जटिल केसहरु पनि रिफर भएर लमही अस्पतालमै आउने गरेको महतले बताए ।
लमही अस्पतालमा सुत्केरी गराउन आउने महिलाहरुका लागि सेवा अत्यन्त सहज, छिटोछरितो र शून्य खर्चमा उपलब्ध हुने गरेको सेवाग्राहीहरुले बताएका छन् । राजपुर गाउँपालिका ५ की नौसरी यादवले आफ्नो बुहारीलाई सुत्केरी गराउन लमही अस्पताल ल्याएको बताउँदै यहाँ सहज रुपमा सेवा पाएकोमा खुशी व्यक्त गरिन् । “अन्यत्र अस्पताल लैजानु पर्छ कि भन्ने लागेको थियो, तर लमही अस्पतालमै सुत्केरी सेवा पाइयो, हामी निकै खुशी छौँ,” उनले भनिन् ।
गढवा गाउँपालिका ३ की सरिता पुनले पनि अस्पतालमा राम्रो सेवा पाएको बताइन् । “मेरो बहिनीलाई सुत्केरी व्यथाले च्यापेपछि एम्बुलेन्स बोलाएर अस्पताल ल्याएँ। अस्पताल ल्याएपछि बच्चा जन्मियो । अहिले बहिनी र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ । दुई दिन पछि डिस्चार्ज गरेर घर लैजाने तयारी छ,” पुनले भनिन् । लमही अस्पतालको प्रसुति सेवा विभागमा प्रायः बेड खाली नहुने गरेको समेत उनले उल्लेख गरिन् ।
लमही अस्पतालमा एडभान्स एसबीए ( शल्यक्रिया विधिद्वारा सुत्केरी गराउने ) तालिम प्राप्त एक जना महिला डाक्टर तथा अनुभवी नर्सहरुको टोलीमार्फत प्रसुति सेवा प्रदान हुँदै आएको छ । शल्यक्रिया विधिबाट सुत्केरी गराउने सेवा पनि उपलब्ध रहेको अस्पतालले जनाएको छ । डाक्टरको नियमित उपस्थिति ( कहिलेकाँही तालिम वा बिदामा भएको समय बाहेक ) हुने भएकाले सामान्यतया अन्यत्र अस्पताल जानुपर्ने अवस्था नआउने गरी सेवा सञ्चालन भइरहेको अस्पतालको भनाइ छ ।
त्यसैगरी एक जना एमडिजीपी डाक्टरमार्फत पनि सेवा प्रवाह भइरहेको छ । सरकारी अस्पतालमा सुत्केरी हुन आउने महिलाका लागि नेपाल सरकारले विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ । नेपाल सरकार मार्फत नवजात तथा आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुले २ हजार रुपैयाँ पाउदै आएका छन् । साथै गर्भावस्थामा आठ पटक स्वास्थ्य जाँच गराउने महिलालाई उत्प्रेरणा स्वरुप ८ सय रुपैयाँ उपलब्ध गराइने व्यवस्था रहेको छ ।
यसका अतिरिक्त लमही नगरपालिकाले “सुत्केरी आमासंग उपमेयर कार्यक्रम” अन्तर्गत नगरभित्रका सुत्केरी महिलालाई पोषण खर्च स्वरुप १ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । लमही नगरपालिका भित्र बसोबास भएका सुत्केरी हुन आउने महिलाका लागि २४ घण्टा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराइने व्यवस्था समेत रहेको छ ।
लमही अस्पतालमा २४ सै घण्टा प्रसुति सेवा सञ्चालनमा रहेको छ भने आवश्यक औषधि तथा उपचार पनि निःशुल्क प्रदान गरिँदै आएको छ । सुत्केरी महिलालाई आवश्यक परेमा नेपाल सरकारमार्फत निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था समेत रहेको छ । पछिल्लो समय लमही अस्पतालमा महिलाले चाहेको समयमा निःशुल्क गर्भपतन सेवा पनि उपलब्ध गराइँदै आएको वरिष्ठ नर्सिङ निरीक्षक महतले जानकारी दिए ।
लमही अस्पतालमा जनशक्ति अभाव,सेवा व्यवस्थापनमा पालिकाको प्रयास
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले लमही अस्पतालमा जनशक्तिको अभाव रहेको बताएका छन् । अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएपनि उपलब्ध जनशक्ति सीमित हुँदा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उनले उल्लेख गरे ।
डाँगीका अनुसार लमही अस्पतालमा सेवा प्रवाहलाई सहज बनाउन अन्य सेवा केन्द्रमा असर नपर्ने गरी कर्मचारी व्यवस्थापन गरेर अस्पतालमा खटाइएको छ । “अस्पतालमा सेवा लिन आउनेको संख्या दैनिकजसो बढ्दो छ । एउटा पालिकाको सीमित स्रोत साधनले देउखुरीका चारवटा पालिकाका जनतालाई सेवा दिनु चानचुने कुरा होइन,” उनले भने, “तर पनि सकेसम्म सबै कुराको व्यवस्थापन गर्दै सेवा प्रवाहलाई निरन्तरता दिएका छौं ।”
उनले स्थानीय तहको सीमित स्रोतसाधनका बावजुद पनि नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर व्यवस्थापन गरिरहेको बताए । साथै अस्पतालमा सेवा प्रभावकारी बनाउन आवश्यक जनशक्ति तथा पूर्वाधार व्यवस्थापनका लागि पनि निरन्तर पहल भइरहेको उनको भनाइ छ ।
