
Ggp
Lnp
Unsku
pku
Rgp
Rgp1
Srbpu
Pbu
Sgr
बुटवल । ड्यूटीको क्रममा घाइते तथा अशक्त भएका प्रहरी एवं परिवारलाई शैक्षिक छात्रवृत्तिको प्रमाण-पत्र वितरणकार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय बुटवल,रुपन्देहीको बैठक कक्षमा नेपाल प्रहरी श्रीमती संघबाट तयार गरिएको “नेपाल प्रहरी श्रीमती संघ छात्रवृत्ति अक्षयकोष कार्यविधी २०८०” अन्तर्गत ड्यूटीको सिलसिलामा घाइते तथा अशक्त भई नेपाल प्रहरी अस्पताल र अन्य अस्पतालको कोल्ड वार्डमा उपचाररत […]
दाङ । देउखुरीको राजपुरमा बिहिवार भएको मोटरसाइकल दुर्घटनामा परि एक पैदल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर २ घर भई हाल प्रतापपुर बस्ने अन्दाजी ४५ वर्षीय जानकी यादव रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए । लु ३ प ५४४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई […]
दाङ । मनसुन जन्य बिपत्तिहरु आउँदै गरेको अवस्थालाई गंभिरताकासाथ मनन् गर्दै देउखुरीको गढवा गाउँपालिकाले बिपदजन्य समस्याहरु पहिचान गरि विपद प्रतिकार्यकालागि विभिन्न योजनाहरु तयार गरि काम अगाडी बढाउने भएको छ । बुधवार गाउँपालिकाद्धारा आव्हान गरिएको पालिका स्तरीय विपद ब्यवस्थापन समितिको बैठक बसी विपद प्रतिकार्यमा जुट्न आवश्यक योजनाका साथ बिभिन्न निर्णयहरु गरिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले […]
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गिनी स्वर्गीय सीता दाहालको प्रथम स्मृति दिवसमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालसहित उनका परिवारका सदस्यहरूले सीता दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेका छन् । त्यस्तै श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र) […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयको चमेना गृह (क्यान्टिन) लाई कारबाही गरेको छ । कार्यालय परिसर भित्रको प्लाजामा रहेको नारायणी चमेना गृहमा बासी खाना बेच्ने गरेको र खाजामा खाद्य स्वच्छता कायम नगरेको भन्दै बुधबार २ लाख रुपैयाँ जरिबाना गरेको हो । त्यस्तै महानगर अनुगमन निरीक्षण अधिकृत नुरनिधि न्यौपानेका अनुसार उपभोक्ताबाट धेरै गुनासो आएपछि खाद्य प्राविधिक […]
धनगढी ।लागूऔषधसहित कैलालीको टीकापुरबाट २ जना किशोरहरु पक्राउ परेका छन्। टीकापुर नगरपालिका वडा नम्बर ९ खग्रौलाको चेक पोष्ट सडक खण्डबाट बर्दियाको राजापुर नगरपालिका–२ बस्ने १९ वर्षीय किशोर चौधरी र १८ वर्षीय अर्का किशोरलाई पक्राउ गरिएको हो। त्यस्तै ९ सय मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
बाँके । चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छिन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा साँझ ६ बजे दुई महिलालाई चट्याङ लागेको हो । चट्याङ लागेर गम्भीर घाइते भएका दुवै जनाको कोहलपुर अस्पतालमा उपचारका क्रम मृत्यु भएको ईलाका प्रहरी […]
काठमाडौँ । पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । त्यस्तै कोशी,मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।कोशी,मधेस,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा […]
काठमाडौं । नक्कली स्मार्ट लाइसेन्स बनाएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुटवल स्थित यातायात कार्यालयका तत्कालिन प्रमुख सहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालतमा लिखत सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो । यातायात व्यवस्था कार्यालय बुटवलका […]