सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख शुक्रबार, आषाढ २८, २०८१

बुटवल । ड्यूटीको क्रममा घाइते तथा अशक्त भएका प्रहरी एवं परिवारलाई शैक्षिक छात्रवृत्तिको प्रमाण-पत्र वितरणकार्यक्रम सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवल,रुपन्देहीको बैठक कक्षमा नेपाल प्रहरी श्रीमती संघबाट तयार गरिएको “नेपाल प्रहरी श्रीमती संघ छात्रवृत्ति अक्षयकोष कार्यविधी २०८०” अन्तर्गत ड्यूटीको सिलसिलामा घाइते तथा अशक्त भई नेपाल प्रहरी अस्पताल र अन्य अस्पतालको कोल्ड वार्डमा उपचाररत रही पुन: काममा फर्किन नसक्ने प्रहरी कर्मचारीका आश्रित सन्ततिहरुलाई शैक्षिक छात्रवृत्ति प्रमाण पत्र वितरण गरिएको हो ।

त्यस्तै सम्बन्धित व्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी कुवेर कडायतबाट निम्नानुसार शैक्षिक छात्रवृत्ति प्रमाण- पत्र वितरण गरेर कार्यक्रम सम्पन्न भएको छ ।

१- प्रहरी जवान ओम प्रकाश दर्जीको छोरी दिपशिखा दर्जी कक्षा -२ अन्नपुर्ण बोर्डिङ स्कुल नवलपरासी(पश्चिम) ।
२- प्रहरी कार्यालय सहयोगी सुरेश दमैको छोरी सुष्मु परियार कक्षा-६ कोलिय ईङगलिस बोर्डिङ स्कुल, रुपन्देही ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]