
Unsku
Srbpu
pku
Pbu
धनगढी । धनगढीको नोभा हस्पिटल ढुंगामुढा प्रहार हुनथालेपछि तनाव सिर्जना भएको छ । कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीलाई सामान्य अवस्थामा ल्याइएको तर अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार […]
चितवन । वर्षा याम सुरु भएसंगै चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले […]
दाङ । देउखुरीका संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द लेखन तथा सुष्मा ग्रेसको आवाजमा रहेको ‘नक्कली भैछुर’ बोलको तीज गीत सार्वजनिक भएको छ । यो गीतलाई गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ‘नक्कली भैछुर’ बोलको तीज गीतले सबै दर्शक स्रोताको मन जित्ने छ भन्ने अपेक्षा गरेको यस गीतका लय संकलक ज्ञानेन्द्र […]
काठमाडौं । जुवा-तास खेल्दै गरेको अवस्थामा पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले सहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । घलेसहित काठमाडौं महानगरपालिका वडा नम्बर ६ घर भएका ७३ वर्षीय रमेश लामा, मकवानपुरको थाहा नगरपालिका –११ का ३६ वर्षीय चीनकुमार गोले, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भएका ३८ वर्षीय दिनेश सुनार, काठमाडौं–६ का […]
काठमाडौँ । यहीँ साउन ९ गते काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले ५ हजार बढी विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको छ। गाउँपालिकाले पालिका अन्तर्गत रहेका सामुदायिक वन तथा पर्यटकीय स्थलहरुलाई हरियाली एवम् साैन्दर्यकरण गर्नका लागि वन उपभोक्त समिति तथा समूहहरुलाई नि:शुल्क रुपमा साे फलफूलका बिरुवा वितरण गरेको पालिकाका वन तथा वातावरण फाेकल पर्सन सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार विभिन्न […]
काठमाडौँ । रौतहट जिल्लाको बालचनपुरबाट नक्कली नेपाली नोटसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा सर्लाही जिल्लाको गोडैता नगरपालिका वडा नम्बर ८ निवासी ३२ वर्षीय नजरे आलम र सोही स्थानका इमामुल हक दर्जी रहेका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले एक हजार दरका १३ थान नक्कली नोट सहित […]
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने विभिन्न अपराधिक कृयाकलापको न्युनिकरण गर्न तथा आफ्ना विद्यार्थीहरुलाई यस्ता गतिबिधि गर्न हुदैन भन्ने कुरा सिकाउन प्रहरीसंगको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा सम्पन्न समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रशिक्षकमा ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भरतनाथ […]
दाङ । मिथ्या सुचनाले पत्रकारीता जगतमा संकट निम्त्याएको बिहिवार देउखुरीको लमहीमा आयोजित एक कार्यक्रमका बक्ताहरुको ठहर रहेको छ । नेपाल पत्रकार महासंघ दाङको आयोजनामा देउखुरीको लमहीमा सम्पन्न गरिएको मिथ्या सुचनाले पत्रकारीतामा निम्त्याएको संकट सम्बन्धि लुम्बिनी प्रदेश स्तरीय बृहत्त छलफल कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले यस बिषयमा जोडदार ढंगले कुरा राखेका छन् । पत्रकार महासंघ दाङका कार्यवाहक […]