
Rbs
dsbus
Jsbus
Nssbus7
Amb
Bksbus5
Ssbus
Csbus
Gsbus
gms
Pbu
Gsl
Ratbs
syysr
Ddhbs
Syees

Asm
Rgu
Bbbpu
Bbu
Wsp
Hal
Rsb
Ksm
Gst
Sls
Ggd
Rgs
Tsm
Vor
nsb
Ssm
Rgu
Pvg
Sbs

Mks
Rmb
Jmb
Abd
Pls
Bml
Jmb
bbt
Rpp
Syp
Gsb
Ptm
sab
दाङ । देउखुरीका संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द लेखन तथा सुष्मा ग्रेसको आवाजमा रहेको ‘नक्कली भैछुर’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
यो गीतलाई गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ‘नक्कली भैछुर’ बोलको तीज गीतले सबै दर्शक स्रोताको मन जित्ने छ भन्ने अपेक्षा गरेको यस गीतका लय संकलक ज्ञानेन्द्र स्वर्णकारको भनाई छ । असंख्य गीतहरुको भिडमा हाम्रो गीतलाई स्रोताले झ्याप्प मन मस्तिष्कमा राख्न सकुन भनेर लय अत्यन्तै सरल र सहज बनाइएको छ र अर्को कुरा यो गीतको लय स्रोता र पाठकले सजिलै गुनगुनाउन सकुन भन्ने उदेश्यले नै गरिएको हो ।
यो गीतमा चलनचल्तीका शृंगार लगाउदैमा मैले के गल्ति गरे भनेर आफ्ना मनका भावहरु पोखिएको छ । के यी शृंगारहरु लगाउदैमा नक्कली भइन्छ र ? के यी कसैले नलगाएका शृंगार हुन र भन्दै आफ्ना संगी साथीलाई सोधिएको भाव यस गीतमा झल्किएको छ । गीतलाई सुष्मा ग्रेसले मिठासपूर्ण शैलीमा आवाज दिएकि छिन् ।
गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारले लय भरेका छन् । गीतलाई सन्तोष सुनामले एरेन्ज गरेका हुन् । गीतको कोरियोग्राफी चर्चित नृत्य निर्देशक विक्रम चौहानले गरेका छन् भने चर्चित मोडेल अन्जली अधिकारी र करिश्मा ढकालले अभिनय गरेका छन् ।
लमहीमा रहेर पत्रकारिता गर्दै आएका संचारकर्मी गजमेरका शब्दमा आधुनिक र लोक गीत पनि बजारमा आइसकेका छन् । छिट्को गुन्यो’ बोलको गीतमा यादवनाथ योगी र रिता केसीले आवाज दिएका छन् । ‘किन किन तिम्रै यादमा’ बोलको गीतमा पछिल्लो समयमा चर्चित गायक गोविन्द मधुर आचार्यले आवाज दिएका छन् भने ‘तल तल बनायो’ बोलको गीतमा ज्ञानेन्द्र स्वर्णकार र विशाखा शाहीले आवाज दिएका छन् ।
त्यस्तै यो गीतको पुरा भिडियो हेर्नका लागि तल लिंक राखिएको छ ।https://www.youtube.com/watch?v=7aGtFSaWRNs
