
Lnp
pku
Srbpu
Rgp
Sgr
Pbu
Ggp
Unsku

Vor
Wsp
Tsm
Sls
Sbs
Asm
Rgu
Gst
Rgu
Pvg
Hal
Rgs

Ptm
Syp
Bml
Pls
Rpp
Mks
काठमाडौं । जुवा-तास खेल्दै गरेको अवस्थामा पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले सहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
घलेसहित काठमाडौं महानगरपालिका वडा नम्बर ६ घर भएका ७३ वर्षीय रमेश लामा, मकवानपुरको थाहा नगरपालिका –११ का ३६ वर्षीय चीनकुमार गोले, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भएका ३८ वर्षीय दिनेश सुनार, काठमाडौं–६ का ५२ वर्षीय प्रवीण लामाविरुद्ध पनि मुद्दा दर्ता भएको हो ।
त्यस्तै थाहा नगरपालिका–११ का ४४ वर्षीय बिष्णुकमार दोङ, सोही ठाउँका ४४ वर्षीय सुमन गोले, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का ४४ वर्षीय कबिराज भन्ने शुक्र सुनार, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–३ का ३१ वर्षीय ऋतिक राउत र काठमाडौं–६ का ६२ वर्षीय राजु तामाङ विरुद्ध मुद्दा दायर भएको छ । ५ साउनमा कपनबाट उनीहरुलाई प्रहरी प्रभाग कपनको टोलीले पक्राउ गरेको थियो ।
यस्तै हाल पक्राउ परेका रमेश लामाले गाउँपालिका अध्यक्ष घलेको अढाई तले घर भाडा लिएर बसेका थिए । सोही घरको छतमा तास खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनीहरूबाट १ लाख ३६ हजा ५ सय रुपैयाँ पनि बरामद भएको थियो भने जुवा खेल्न प्रयोग हुने ३७ थान क्वाइन र ६ बुक तास बरामद भएको थियो । पक्राउ परेकाहरु विरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
