दिपक वली/घोराही बिहिबार, साउन १०, २०८१

दाङ । गुरुकुल एकेडेमी तुलसिपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने विभिन्न अपराधिक कृयाकलापको न्युनिकरण गर्न तथा आफ्ना विद्यार्थीहरुलाई यस्ता गतिबिधि गर्न हुदैन भन्ने कुरा सिकाउन प्रहरीसंगको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा सम्पन्न समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रशिक्षकमा ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भरतनाथ योगी रहेका थिए । कार्यक्रममा सहायक निरीक्षक योगीले बाल विवाह एउटा सामाजिक समस्या भएको भन्दै यस्ता कृयाकलाप नगर्ने बारेमा जानकारी गराएका थिए । यस्तै अरुको देखासिकि गर्नाले सत्रुहरु बढ्ने झैझगडा हुने,फजुल खर्च गर्दा आर्थिक भार पर्ने भएका कारण विभिन्न घटना बढ्ने भन्दै यस्ता गतिबिधिबाट बच्ने बारे बालबालिकाहरुलाई परामर्श समेत दिएका थिए ।

किसोर अबस्थामा लागु पद्धार्थ सेवन बढि हुने साथिभाईहरुको लहलहैमा लागेर समाजमा बिभिन्न अपराधका घटनाहरु हुने र यसबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउने विषयमा पनि उनले जानकारी गराएका थिए । नागरीकका सुरक्षाका लागि प्रहरीले काम गर्ने भएका कारण नागरीकले पनि सुरक्षामा प्रहरीलाई सहयोग गर्नुपर्ने बताएका थिए ।

विद्यालयले हरेक महिना विज्ञ अतिथि मार्फत विभिन्न कुराहरुको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिने तथा सिकाउने मासिक कार्यक्रम अन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले बताए । साथै उनले प्रहरीसंगका कार्यक्रमले अपराधिक कृयाकलापबाट बच्न निकै प्रेणा मिल्ने र यस्ता खालका गतिबिधि समाजमा नहुने समेत बताए । प्रशिक्षण कार्यक्रममा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]