
Unsku
Djs
sbs
Srbpu
Lnp
cjs
Rgp1
Pbu
Rgp
Sgr
Gfs
pku
Pes
Ggp

Ggd
Vor
nsb
Pvg
Gst
Rgu
Bbu
Tsm
Rgs
Wsp
Rsb
Bbbpu
Sbs
Ksm
Hal
Sls
Ssm
Asm
Rgu

Ptm
Gsb
Bml
sab
Rpp
Pls
Abd
Jmb
Mks
Jmb
bbt
Rmb
Syp
धनगढी । धनगढीको नोभा हस्पिटल ढुंगामुढा प्रहार हुनथालेपछि तनाव सिर्जना भएको छ ।
कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीलाई सामान्य अवस्थामा ल्याइएको तर अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अस्पताल बाहिर भेला भएको समूहले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको बताए । प्रहरीका अनुसार अश्रुग्यास प्रहार गरेपछि अहिले उनीहरु तितरबितर भएका छन् भने अस्पतालले मृतकका आफन्तसँग वार्ता गरिरहेको छ । जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको हो ।
त्यस्तै मृतकका आफन्तका अनुसार शुक्रबार अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको थियो । दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो । आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । अस्पताल प्रशासनले शुक्रबार साँझदेखि मृतकका आफन्तसँग वार्ता गरेपनि कुरा मिल्न नसकेको प्रहरीले जनाएको छ ।
