
Usb
Lks
Sgp
Ggp
ksb
Rgp
Lnp
Dus
Asb
Ggp
Rgp
Rgp
Rgp
lnp
Jns
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चको नियमित बैठक बिहीबार भालुवाङमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले ४ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले बढ्दो लागु औषध प्रयोग,सडक दुर्घटना तथा साइबरका घटना न्यूनीकरण गर्न राप्ती गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुमा लागुऔषध,ट्राफिक तथा साइबर सम्बन्धी […]
रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर –२, खुंग्रीस्थित प्रहरी चेकपोष्टमा अवैध रुपमा बालुवा ओसारपसार गरिरहेको एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार हिजो दिउँसो २ बजेको समयमा सवारी साधन चेकजाँच गर्ने क्रममा रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सिर्प बस्ने अन्दाजी ३३ वर्षका तकमान सार्कीले चलाएको रा १ त ४९७९ नम्बरको ट्याक्टर रोयल्टी नकटाई अवैध रुपमा बालुवा […]
दाङ । यौन तथा प्रजनन् स्वास्थ्यमा महिला र किशोरीहरुलाई न्यायमा पहँच पुर्याउन लुम्बिनी प्रदेश सरकारले पहल गरिरहेको थप पहुँचको आवश्यकता रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले बताएका छन् । यस विषयमा ऐन,कानून र नियमावली तयार गरिएको भएपनि प्रभावकारी कार्यान्वयनमा चुनौति देखिएको उनले बताए । स्वास्थ्य निर्देशनालयको समन्वयमा बिएन बेइजिङ (बिविसी) परियोजनाले आयोजना गरेको कार्यशालामा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ । […]
काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर –१,स्थित कोशीपुरबाट प्रहरीले स्रोत नखुलेको नगद रकम सहित दुई जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका वडा नम्बर–२,घर भएका २० वर्षीय अपित राई र ३१ वर्षीय कबिराज राई रहेका छन् । बुधबार साँझ पक्राउ परेका आरोपीहरुको साथबाट १५ लाख ३४ हजार नगद बरामद गरिएको […]
दाङ । देउखुरीको लमही बसपार्कमा रहेको शौचालयका ठेकेदारले शौचालय प्रयोग गरेबापत प्रतिव्यक्ति १० रुपैयाँ असुल गर्दै आएको जनगुनासो आएको छ । लमही नगर विकास समितीद्वारा निर्माण गरिएको टर्मिनल भवन सञ्चालनका लागि ठेक्का आह्वान गरिएको थियो । उक्त ठेक्का लमही नगरपालिका–३ निवासी विमला डाँगीको नाममा सदर भए पनि शौचालय भने अर्कै व्यक्तिलाई पेटी ठेक्काका रुपमा दिई […]
दाङ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । त्यस्तै पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १७ घर भई हाल काठमाडौं तारकेश्वर– ८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत,झापा कचनकबल गाउँपालिका– ३ घर भई हाल ललितपुर महालक्ष्मी– १ इमाडोल बस्ने ५१ वर्षीय […]
दाङ । लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी, अवस्था,चुनौती र अवसरः प्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम बुधबार भालुवाङमा सम्पन्न भएको छ । सिदार्थ सामाजिक विकास केन्द्र (एसएसडिसी) कपिलबस्तुको आयोजना तथा एक्सन एडको सहयोग र एनसिइको सहकार्यमा लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी,अवस्था,चुनौती र अवसरःप्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम सम्पन्न भएको […]
दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात,गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । देउखुरीमा गढवा गाउँपालिका -१,टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् । त्यस्तै चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै गुणस्तर नभएको […]