
Sgr
cjs
Ses
pku
Srbpu
Pes
Unsku
Djs
Rgp
Pbu
Ggp
Gfs
Lnp
Rgp1

Bbbpu
Bbu
Tsm
Rgu
Pvg
Sbs
Ksm
Ssm
Rgu
Rgs
Vor
Rsb
Ggd
Sls
nsb
Gst
Hal
Asm
Wsp

Mks
Syp
Rpp
Abd
bbt
Jmb
Bml
Jmb
Pls
Ptm
Gsb
sab
Rmb
दाङ । देउखुरीको गढमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर-५ बाँकी निवासी ३६ बर्षिय भानु रिजाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता रेशम बोहराले जानकारी दिए ।
मंगलबार बेलुका पौने ८ बजेको समयमा पूर्वबाट पश्चिम गढवा बजार तिर आउँदै गरेका रा १ त ३४२९ नम्बरको ट्याक्टरमा सोही दिशाबाट गढवा तर्फ आउँदै गरेको रा ६ प १७६९ को मोटरसाइकल गढवा गाउँपालिका -५ बाँकी चोकमा ठोक्किएर दुर्घटना भएको हो ।
त्यस्तै दुर्घटनामा रिजाल गम्भीर घाइते भएका थिए । उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बम घटनास्थल पुगेर गम्भीर घाइते रिजाललाई उपचारका लागि लमही अस्पताल पठाएका थिए । ट्याक्टर चालक र ट्याक्टर गढवा प्रहरीको नियन्त्रणमा रहेको छ ।
