धादिङको मलेखुमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौँ । पर्षाको कारण पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खसेको छ । पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर –३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङकी इन्स्पेक्टर समता बस्नेले जानकारी दिइन् । त्यस्तै इन्स्पेक्टर बस्नेतका अनुसार जेसिबीको सहायताले अहिले राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

आज भाद्र शुक्ल तृतीयाका “हरितालिका तिज पर्व” पूजा आराधना गरी भव्य साथ मनाइदै

काठमाडौं । आज भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने “हरितालिका तिज पर्व” वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी भव्य साथ मनाउँदै छन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो […]

राजपुरको जंग्रहवामा बसको छतबाट खसेर एकजना गम्भीर घाइते

दाङ । देउखुरीको लमही बजारबाट-राजपुरको सिक्टा जादै गरेको बसबाट खसेर बिहीबार एकजना यात्रु गम्भीर घाइते भएका छन् । बसबाट खसेर गम्भीर घाइते हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टाका १८ वर्षीय सुबास कुमाल रहेका छन् । उनको निधारमा चोट लागेर धेरै रगत बगेको छ । आज दिउँसो ४: ०० बजेतिर रा १ ख १२१२ नम्बरको […]

बलात्कार गरेको आरोपमा एक स्वास्थ्य चौकीका प्रमुख धामी पक्राउ

काठमाडौं । बैतडीमा बलात्कारको आरोपमा एक स्वास्थ्य चौकीका प्रमुख पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिका २ गाँजरी स्वास्थ्य चौकीका प्रमुख समेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी रहेका छन् । ३१ वर्षीया युवतीले आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै जाहेरी दिएपछि धामीलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । […]

लुम्बिनी प्रदेशद्वारा भदौ २१ र २३ गते सार्वजनिक बिदा दिइने

दाङ । लुम्बिनी प्रदेश सरकारले शुक्रबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । हरितालिका तीजको ब्रत बस्ने दिनको अवसरमा लुम्बिनी प्रदेशभर बिदा दिईएको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीले एक विज्ञप्ती सार्वजनिक गर्दै बिदा दिईएको जानकारी गराए । त्यस्तै लुम्बिनी प्रदेश सरकारको २०८० चैत २० गतेको बैठकको निणर्य बमोजिम […]

कैलालीमा ३ सय बढी मिलिग्राम लघुऔषध सहित एक युवक पक्राउ

काठमाडौं । लागूऔषधसहित कैलालीमा एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरबाट बर्दगोरिया गाउँपालिका वडा नम्बर –२ बस्ने २७ वर्षीय जोशन चौधरी पक्राउ परेका हुन्। त्यस्तै चौधरीले चलाएको से ६ प ७४६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ३ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको […]

राप्ती गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी छलफल

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी बुधबार छलफल भएको छ। हेलन केलर इन्टरनेशनल र ब्याकवर्ड सोसाइटी एजुकेशन संस्थाकाे सहकार्य एवं राप्ती गाउँपालिकाकाे समन्वयमा पोषण मार्फत जीवन रुपान्तरण परियोजना अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाहरुकाे बैठकमा साे विषयमा छलफल भएको हाे। छलफलमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले […]

आज लुम्बिनी सहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले देशभर वर्षायाम सुरु भएदेखि नै मनसुनी वायुको प्रभाव चलिरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई […]

देउखुरी बहुमुखी क्याम्पसद्वारा तीज नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडामा रहेको देउखुरी बहुमुखी क्याम्पसले बुधबार तीज नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसको ECA&CCA का संयोजक तथा मानविकी सङ्कायको विभागीय प्रमुख कान्ता प्रसाद चौधरीको अध्यक्षता एवं क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष तथा प्राज्ञिक तथा अनुशासन विभागका संयोजक प्रकाश कुमार जि.सी.को प्रमुख आतिथ्यता तथा क्याम्पस व्यवस्थापन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]