
jsbr-3
Usbl-7
Gsbr-6
ksbl-7
Gsbg-3
Rksr-7
Jsbg-7
Msbg-2
Pbu
Csbg-7


काठमाडौं । लागूऔषधसहित कैलालीमा एक युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरबाट बर्दगोरिया गाउँपालिका वडा नम्बर –२ बस्ने २७ वर्षीय जोशन चौधरी पक्राउ परेका हुन्।
त्यस्तै चौधरीले चलाएको से ६ प ७४६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ३ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
