झापामा डेंगुबाट दुई जनाको मृत्यु,कोशीमा एक हजार बढी सङ्क्रमित

झापा । डेंगुबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेंगु सङ्क्रमणका कारण झापामा दुई जनाको मृत्यु समेत भएको छ । स्वास्थ्य कार्यालयका डेंगु फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगुबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत […]

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री केसीले गरे सरकारी गाडी फिर्ता

दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको मन्त्रालयका वरिष्ठ शाखा अधिकृत देवीराम भण्डारीले […]

आजदेखि पश्चिम नेपालका थारु समुदायहरुद्वारा अट्‍वारी पर्व भव्य साथ मनाइँदै

धनगढी । आजदेखि पश्चिम नेपालको थारु समुदायहरुमा अट्‍वारी पर्व सुरु भएको छ । कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो साताको आइतबार र सोमबार अट्‍वारी पर्व मनाइने प्रचलन रहँदै आएको हो । अट्‍वारी आज र भोलि (भदौ २३ र २४ गते) परेको छ । यसैबिच लुम्बिनी प्रदेश र सुदूरपश्चिम सरकारले अट्‍वारी पर्वको अवसरमा आज १ दिन सार्वजनिक विदा […]

छ सय बढी मिलिग्राम लागुऔषधसहित १७ वर्षीय एक किशोर पक्राउ

कैलाली । धनगढीमा लागुऔषधसहित एक १७ वर्षीय किशोर पक्राउ परेका छन्। शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर –३ ब्यारेलस्थित जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको हो। त्यस्तै पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का १७ वर्षीय बसन्त बिष्ट ६ सय ८० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन् […]

धनगढीको विशालनगर नेतुवा तालमा डुबेर एकजना पुरुषको मृत्यु

धनगढी । धनगढीको नेतुवा तालमा डुबेर एक जना पुरुषकाे मृत्यु भएकाे छ । शनिबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगरमा रहेकाे नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय एक पुरुषकाे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले जानकारी दिए । त्यस्तै तालमा डुबेका उनकाे शव निकालिएको छ । घटनाबारे […]

मधेस प्रदेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने,५० सिट छुट्याइयो

काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता […]

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु

धनगढी । कैलालीमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । शुक्रबार राति मोहनापुल – अत्तरिया ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटनामा धनगढी उपमहानगरपालिका – ५ जाँई बस्ने २८ वर्षीय संजय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रबहादुर बोहोराले अत्तरियास्थित […]

खेलाडी पलेसालाई नेपाल उद्योग वाणिज्य महासंघद्वारा ३ लाख सहयोग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले पाराओलम्पिकमा काश्य पदक प्राप्त गरेकी खेलाडी पलेसा गोवर्द्धनलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । शुक्रबार आज आयोजिक एक कार्यक्रमका बीचमा महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघको तर्फबाट बधाईसहित तीन लाख रुपैयाँ उपलब्ध गराएका हुन् । त्यस्तै ढकालले गोवर्द्धनसहित कोचलाई १ लाख २५ हजार र म्यानेजरलाई ७५ हजार गरी कुल […]

धादिङको मलेखुमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौँ । पर्षाको कारण पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खसेको छ । पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर –३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङकी इन्स्पेक्टर समता बस्नेले जानकारी दिइन् । त्यस्तै इन्स्पेक्टर बस्नेतका अनुसार जेसिबीको सहायताले अहिले राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]