
Rsb
Csb
Ksb
Fmb
Gsb
jsb
Ppu
Nsb
Ksb
Usb
Ksb
Tgp
Ssb
Bsn
Ssb
Rks

Hl1
Tsb
Ssb
Gsb
Usb

ptl
Rgu
Nps
दाङ । देउखुरीको लमही बजारबाट-राजपुरको सिक्टा जादै गरेको बसबाट खसेर बिहीबार एकजना यात्रु गम्भीर घाइते भएका छन् ।
बसबाट खसेर गम्भीर घाइते हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टाका १८ वर्षीय सुबास कुमाल रहेका छन् । उनको निधारमा चोट लागेर धेरै रगत बगेको छ ।

आज दिउँसो ४: ०० बजेतिर रा १ ख १२१२ नम्बरको बसको छतमा बसेर घर जादै गरेका कुमाल बिजुलीको पोलमा झुन्डाइएको केवल तारमा अल्झेर खसेको चंगवा प्रहरी चौकीका इन्चार्ज शत्रुघन उपाध्यले जानकारी दिए ।
लमहीबाट सिक्टा जादै गरेको बसको छतमा बसेका यात्रुलाई जंग्रहवा चोकमा प्रहरीले झारेर सिटमा बस्न आग्रह गरेको भएपनि बसले बजार क्रस गर्दैगर्दा पुनः बसालेर लैजादै गरेको अबस्थामा कुमाल तारमा अल्झेर खसेको प्रहरी इन्चार्ज उपाध्यले जानकारी दिए । कुमाललाई अहिले उपचारका लागि गंगदी स्वास्थ्य चौकीको एम्बुलेन्सबाट लमही अस्पताल पठाइएको छ ।
त्यस्तै उक्त बसका चालक र सहचालक तथा बसलाई समेत अहिले प्रहरी चौकी चंगवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै सिक्टा जाने यात्रुहरु अहिले जंग्रहवा बजारमा अलपत्र परेका छन् ।
