
Ssb
jsb
Nsb
Tgp
Gsb
Bsn
Ppu
Ssb
Fmb
Csb
Ksb
Usb
Rks
Ksb
Ksb
Rsb

Gsb
Tsb
Hl1
Usb
Ssb

Rgu
ptl
Nps
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी बुधबार छलफल भएको छ।
हेलन केलर इन्टरनेशनल र ब्याकवर्ड सोसाइटी एजुकेशन संस्थाकाे सहकार्य एवं राप्ती गाउँपालिकाकाे समन्वयमा पोषण मार्फत जीवन रुपान्तरण परियोजना अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाहरुकाे बैठकमा साे विषयमा छलफल भएको हाे।
छलफलमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पाेषण मैत्री खानपीनले मात्रै जीवन रुपान्तरण गर्न सकिने बताए । शरीर अस्वस्थ भयाे भने कुनै पनि काम गर्न नसकिने बताउदै अध्यक्ष विष्टले स्वस्थ र निराेगी हुन पाेषण युक्त खाने कुरामा ध्यान दिनुपर्ने बताएका छन् ।
पछिल्लो युवा पुस्ताहरुमा अप्राकृतिक खाद्य बस्तु (चाउचाउ ,बिस्कुट लगायतका अन्य जङ्फुटहरु)बढी राेजाईमा पर्ने गरेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष विष्टले अब गाउँ-गाउँमा स्वास्थ्य सचेतना फैलाउन आवश्यक रहेको बताए । अध्यक्ष विष्टले रक्त अल्पता र कुपोषण जस्ता राेगहरु निर्मूल गर्न अब औषधि मात्रै बाँडेर नहुने भन्दै पाेषण युक्त खानेकुराहरुको खेती गर्नु पर्ने कुरामा जाेड दिए ।
त्यस्तै कार्यक्रमका अन्य सहभागीहरूले बच्चा गर्भमा रहे देखि नै पोषणयुक्त खानपिनमा विशेष ध्यान दिनुपर्ने कुरामा जाेड दिएका थिए।
कार्यक्रममा हेलन केलर इन्टरनेशनल संस्थाका लुम्बिनी प्रदेश परियोजना संयाेजक भरत शर्मा,फिल्ड संयाेजक अनिल केसी र बेस संस्थाका जिल्ला परियोजना संयाेजक सुरेश चाैधरीले परियोजनाकाे उदेश्य सँगै संस्थाले लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहहरुमा गरेका काम र आगामी दिनमा राप्ती गाउँपालिकासँगकाे सहकार्यमा सञ्चालन गरिने कार्यक्रमकाे बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, विभिन्न वडाका वडा अध्यक्षहरु, पालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमकाे सहजीकरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।
