
Msbg-2
Gsbr-6
Jsbg-7
Pbu
jsbr-3
Csbg-7
Usbl-7
Rksr-7
Gsbg-3
ksbl-7
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पुर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई जनही ८ वर्ष १ महिना कैद हुने विशेष अदालतले फैसला सुनाएको छ। विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो । आज उक्त फैसलामा सजाय निर्धारण गरेको हो । […]
काठमाडौं। प्रहरी आचरण विपरीत कार्य गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन् । मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा हेडक्वाटर तानेर उनको ठाउँमा नयाँ डीआईजी पठाइएको छ । निमित्त आईजी टेकप्रसाद राईका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयबाट डीआईजी ठकुरीलाई हेडक्वाटरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । उनको […]
काठमाडौँ । आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन् । प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको साइबर ब्युरोका एक जना अधिकृतले जानकारी दिए । प्रसाईलाई विद्युतीय अपराध सम्बन्धी कसुरमा ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । उनको कार्डियो सम्बन्धी समस्या पनि […]
काठमाडौं । आफ्नै निवासबाट मेडिकल व्यवसायी दुर्गा प्रसाई आइतबार पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गएराती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका हुन् । चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका नाका बासीले भोग्ने प्रमुख समस्याहरु अहिले शुद्ध खानेपानीदेखि विविध रहेकोपाइएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित मनौरा नाकामा बर्खा याम सुरु भए लगत्तै खानेपानीको समस्या हुँदै गएपछि मनौरा नाका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर घर्ती मगरको नेतृत्वमा खानेपानी सञ्चालन ल्याउन लागिएको हो । यस वर्ष […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पसाईले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् । त्यस्तै प्रहरीले प्रसाईंलाई उनको निजी निवास भक्तपुरबाट पक्राउ गर्दै गर्दा उनले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने बताएका हुन् । पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईंले भने, ‘पक्रेजस्तो नगर्नुस् […]
काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीले रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । मन्त्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरालाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । मन्त्रिपरिषदको बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो । त्यस्तै गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले कार्यान्वयनका लागि […]
बैतडी । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । त्यस्तै यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो […]
दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) राप्तीको प्रथम बैठक शनिबार बराखुटीमा सम्पन्न भएको छ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले विद्यार्थीहरूलाई शिक्षा मात्र नभई सिर्जनशीलता र राजनीतिक चेतनाको पनि आवश्यक रहेको बताएका छन् । अध्यक्ष विष्टले आजको युगमा सिर्जनशील र राजनीतिक रूपमा जागरूक विद्यार्थीहरूको खाँचो रहेको बताए । उनले विद्यार्थीहरूलाई केवल […]