
Csbus
syysr
Ssbus
dsbus
gms
Rbs
Jsbus
Ddhbs
Syees
Pbu
Ratbs
Gsl
Nssbus7
Bksbus5
Amb
Gsbus

Pvg
Sls
Ksm
Ssm
Rgu
Rsb
Rgu
Bbu
Ggd
Gst
Rgs
nsb
Hal
Asm
Tsm
Bbbpu
Sbs
Wsp
Vor

Ptm
bbt
Rpp
Rmb
sab
Mks
Jmb
Abd
Bml
Jmb
Pls
Gsb
Syp
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ६ स्थित कल्याणपुर नाकामा रहेको दिपेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका लागि आइतबार नयाँ नेतृत्व चयन गरिएको छ ।
जसको अध्यक्षमा कुमार पुन मगर,सदस्यहरु, विमला बुढा,सरिता घर्ती,राजपत्ती चौधरी,राजमा पुन,रिम बहादुर घर्ती लगायतलाई नयाँ नेतृत्वका चयन गरिएको हो । यस्तै उक्त समितिको सदस्य सचिवमा प्रअ खेमराज यादव रहेका छन् ।
कार्यक्रममा राजपुर गाउँपालिका प्रमुख अध्यक्ष शरद बुदाथोकी र राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष श्याम रोका त्यस्तै गरेर नेपाल भारत सिमाना सुरक्षा बलका सशस्त्र प्रहरी बलका इन्चार्ज बम बहादुर सारु लगायत कल्याणपुर नाका बासिन्दा हरुको सहभागी रहेको थियोे । उक्त विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन गर्नका लागि राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी र ६ नम्बरका वडा अध्यक्ष श्याम रोका सहितको टोलि कल्याणपुर नाका पुगेका थिए ।
विद्यालयलाई अझै बलियो र दियो जस्तै उज्यालो बनाउने र सधै विद्यालयको हरेक कमि कम्जोरलाई बाहिर ल्याउने सक्ने क्षमता रहोस् भन्दै समितिमा चयन भएका सम्पूर्ण टिमलाई पालिका अध्यक्ष बुढाथोकी र वडा अध्यक्ष रोकाले हार्दिक बधाई एवं शुभकामना दिएका थिए ।
त्यस्तै हरेक घरका अभिभावकले आफ्नो छोराछोरीलाई सधै विद्यालय पठाइ आफ्नो छोराछोरीको पढाई के कस्तो हुँदै छ भनेर कहिलेकाही समय मिलाएर विद्यालयसम्म पुग्ने र विद्यालयका शिक्षकहरु बुझ्न राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीले आग्रह गरे ।
त्यस्तै विद्यालयको लागी चाहिने आवश्यकता अनुसार बजेट र निकासको लागी सधैब लागि पर्ने यस राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष श्याम रोकाले बताए । केहि महिना पहिले कल्याणपुर विद्यालयको लागि लाखौं रुपैया पैसाको खर्चमा बनाएको भवन राम्रोसँग मर्मत नहुदा र भवन बनाउने ठेकेदारले लापरबाहीका साथ बनाएको कारणले भवनमा बर्खा याम पानी कोठा भित्र छिरेर स-साना बालबालिका बस्न समेत गाह्रो हुने भएको त्यस विद्यालयका प्रधानाध्यापक खेमराज यादवले जानकारी दिए ।
त्यति मात्रै नभएर त्यस विद्यालयको वरिपरिबाट पर्खाल र कमपाउन नभएको हुँदा रातीको समयमा वरिपरि रहेका गाइ बस्तुहरुले विद्यालय भित्र बसेर धेरै नोक्सानी गरेको पाइन्छ । विद्यालयमा दुई जना शिक्षकले कक्षा ५ सम्म पठनपाठन गराउदै आएको र कुनै कुनै समयमा विद्यालयको परिसर अर्थात गेट पालेले साना कक्षालाई पढाउने काम गरेको त्यस विद्यालयका प्रधानाध्यापक यादवले बताए । यति मात्रै नभएर कक्षा ५ सम्मको लागी बसेर पढने कोठा नहुँदा एक कक्षा र दुई कक्षाका विद्यार्थीलाई संगै राखेर पढाउनु पर्ने बाध्यता रहेको शिक्षकहरुको गुनासो रहेको छ ।
कल्याणपुर नाकामा खाने पानी र नुहाउन अनि कपडा धुनको लागी पानी नहुनाले धेरै भन्दा धेरै समस्या भोग्दै आउनु परेको त्यस विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर खत्रीले जानकारी दिए । घरमा खाना बनाउन र पिउने नुहाउन कपडा धुनको लागी पानी ल्याउनलाई करिब एक दुई घण्टा खोलाको बाटो हुँदै ल्याउनु पर्ने कल्याणपुर नाका बासिन्दाहरुको बाध्यता रहेको पाइन्छ । यो समस्या भनेको आज र यो वर्ष मात्रै नभएर हरेक वर्षमा खानेपानी देखि धेरै सास्ती खेप्नु परेको कल्याणपुर नाका बासीहरुको गुनासो रहेको छ ।
त्यस्तै गरेर हरेक वर्ष खोलामा बग्ने पानीको मुहान सुक्ने हुनाले खानेपानीको मुहान खोला खालीमा खोज्दै पिउने पानी प्रयोग गर्ने गरेको राजपुर गाउँपालिका वडा नम्बर ६ कल्याणपुर नाकाका बासिन्दाहरुको गुनासो पाइन्छ ।
