
Fmb
Usb
Nsb
Ksb
Bsn
Ksb
Tgp
Ksb
jsb
Ssb
Rsb
Ssb
Gsb
Rks
Csb
Ppu

Usb
Ssb
Hl1
Tsb
Gsb

Nps
Rgu
ptl
दाङ । देउखुरीको राजपुर गाउँपालिका नाका बासीले भोग्ने प्रमुख समस्याहरु अहिले शुद्ध खानेपानीदेखि विविध रहेकोपाइएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित मनौरा नाकामा बर्खा याम सुरु भए लगत्तै खानेपानीको समस्या हुँदै गएपछि मनौरा नाका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर घर्ती मगरको नेतृत्वमा खानेपानी सञ्चालन ल्याउन लागिएको हो ।
यस वर्ष मात्रै नभएर हरेक वर्ष मनौरा नाकामा खानेपानीको समस्या हुने भएकाले आफ्नो गाउँ टोलमा खानेपानीको समस्या नहुन दिनका लागि हरेक वर्ष यसरी नै लागि पर्दै आएको मनौरा नाका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर घर्ती मगरले जानकारी दिए । त्यस्तै मनौरा नाकामा मात्रै नभएर अन्य नाकामा पनि खानेपानीको समस्या भएको अध्यक्ष प्रेम बहादुर घर्तीले जानकारी दिए ।
मनौरा नाका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नयाँ र यो वर्ष खरिद गरेको पाइप नहुँदा पुराना फालिएका पाइपलाई प्रयोग गरि खानेपानीको समस्यालाई समाधान गर्नको लागि मनौरा नाका बासीहरु लागि परेका हुन् । नाकामा बसोबास गर्ने मानिसहरुले धमिलो र बर्षातबाट बगेको पानी पिउन बाध्य रहेको देखिएको छ । न त भनेको जस्तो सेवा सुबिधा पाउन सकेका छन्,न त भनेको जस्तो र सोचेको जस्तो विकास हुन सकेको छ । बर्खा याममा खानेपानीबाट मात्रै बन्चित नभएर मोटर बाटोको व्यवस्था नहुँदा दुःख बिरामी हुँदा हस्पिटल जानको लागि पनि लामो समय लगाएर लमही,घोराही, तुलसीपुर,नेपालगन्ज तथा छिमेकी देश भारत जानू पर्ने बाध्यता रहेको छ ।
त्यस्तै घरमा चाहिने खाद्यान्न,लत्ताकपडा ल्याउन पनि आफ्नो देश नेपाल नभएर छिमेकी राष्ट्र भारत जानू पर्ने नाका बासीको बाध्यता छ । चुनावको बेलामा उम्मेदवारीहरुले यस्तो उस्तो गर्ने छौं भनेर जान्छन् सोझा साझा जनताले त्यहीँ आश गरेर भोट दिएपछि त्यो व्यवहारमा ल्याउने गरेको पाइदैन ।
राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित नाका क्षेत्र प्रवेश गर्ने सडक बर्षादले गर्दा अबरुद्ध भएको छ । अहिले भारतसंग जोडिएको नाका क्षेत्रका अधिकांश सडकको अबस्था त्यस्तै छ । जसले गर्दा त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । नाकाबासीले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका छन् भने अहिले भारतको बजारमा जान होस्, वा लमही आउन पनि त्यहाँका नागरिकलाई कष्टकर छ ।
नाका क्षेत्रमा प्रवेश गर्ने मोटर बाटो ६ महिनासम्म चल्दा नाका बासीले केहि परिवर्तन र सेवा भएको महशुस भएतापनि बन्द हुँदा जनजीवन नै अन्धकार भएको महशुस गर्नु परेको छ ।
मनौरा नाका खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष प्रेम बहादुर घर्ती मगर,कोषाध्यक्षामा देवीकला परियार,सचिवमा मस्त बहादुर दसौदी र सदस्यहरुमा बेल बहादुर पुन,पार्वती पुन,बिर बहादुर बुढा,तृष्णा घर्ती रहेका छन् ।
