
Msbg-2
Jsbg-7
Usbl-7
Rksr-7
Gsbg-3
ksbl-7
jsbr-3
Gsbr-6
Csbg-7
Pbu


बैतडी । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
त्यस्तै यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिएको हो ।
