
Srbpu
Pbu
Sgr
Rgp1
Lnp
Ggp
Rgp
pku
Pes
cjs
Gfs
Djs
Unsku
sbs

Wsp
Sbs
Ssm
Gst
Rsb
Pvg
Rgu
Tsm
Vor
Rgu
Sls
Bbbpu
Ggd
Rgs
Asm
Bbu
Ksm
Hal
nsb

Pls
Rpp
Ptm
Bml
Jmb
bbt
sab
Jmb
Syp
Abd
Mks
Gsb
Rmb
दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) राप्तीको प्रथम बैठक शनिबार बराखुटीमा सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले विद्यार्थीहरूलाई शिक्षा मात्र नभई सिर्जनशीलता र राजनीतिक चेतनाको पनि आवश्यक रहेको बताएका छन् । अध्यक्ष विष्टले आजको युगमा सिर्जनशील र राजनीतिक रूपमा जागरूक विद्यार्थीहरूको खाँचो रहेको बताए ।
उनले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्रै सीमित नराखी राप्ती गाउँपालिकाले सिर्जनशील र सीपमूलक शिक्षामा जोड दिइरहेको छ,किनकि केवल किताबी ज्ञानले जीवन सफल हुँदैन।व्यवहारिक शिक्षाले जीवनमा सफल बनाउछ भन्ने भनाईलाई जोडमा दिए । “राजनीतिक सचेतना र सहभागीता नै देशको भविष्य बदल्ने शक्ति हो। विद्यार्थीहरूलाई राजनीति बुझ्न र नेतृत्व गर्न सक्षम बनाउनु आवश्यक छ,” उनले थपे ।
अध्यक्ष विष्टले गाउँपालिकाले शैक्षिक,सिर्जनात्मक र राजनीतिक चेतनाको विकासका लागि थप कार्यक्रमहरू ल्याउने बताउदै विद्यार्थीहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढ्न प्रेरित गरे । बैठकमा सहभागी विद्यार्थी नेताहरूले राजनीतिक ज्ञान र सामाजिक जिम्मेवारीलाई जोड दिँदै विद्यार्थीहरूको भूमिकालाई अझै सशक्त बनाउनुपर्ने विचार व्यक्त गरे ।
त्यस्तै बैठकले चञ्चला सुनारको संयोजकत्वमा ७ सदस्य छात्रा विभाग र भाष्कर खत्रीको संयोजकत्वमा १३ सदस्य अतिरिक्त क्रियाकलाप समिति गठन गरेको छ ।
संगठनका पालिका अध्यक्ष मन्दिप पाेख्रेलकाे अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका पालिका स्तरीय नेता एवं विद्यार्थी संगठनका नेताहरूको उपस्थिति रहेको थियोे । कार्यक्रमकाे सहजीकरण ऐरावती आदर्श बहुमुखी क्याम्पसका स्ववियु काेषाध्यक्ष टिकाराम राउतले गरेका थिए ।
