नेकपा माओवादी केन्द्र राप्ती – १ को अध्यक्षमा घर्ती मगर चयन

दाङ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा दिलमाया घर्ती मगर चयन हुनुभएको छ। शुक्रबार सम्पन्न वडाकाे तेस्रो सम्मेलनबाट घर्ती मगर अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । त्यस्तै सम्मेलनले घर्तीकाे अध्यक्षतामा १५ सदस्य नयाँ वडा कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा खगेश्वर गिरी, सचिवमा मान बहादुर रोका, सह-सचिवमा इराधा झाक्री […]

सर्वोदय मावि सिसहनियाँबाट सरूवा भएर गएका ५ जना शिक्षकले प्रअको जिम्मेवारी सम्हाल्दै

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँबाट सरूवा भएर गएका ५ जना शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न लागेका छन् । राप्ती गाउँपालिकाले हालै माध्यमिक तथा आधारभुत तहका शिक्षकहरूको दरबन्दी मिलान गर्ने क्रममा सो विद्यालयबाट सरूवा भएर जान लागेका ५ जना शिक्षकले सम्बन्धित विद्यालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् । जस अनुसार गोविन्द बहादुर केसीले शंकर […]

लागूऔषधसहित टीकापुरबाट दुई जना पक्राउ

धनगढी । कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना मानिस पक्राउ परेका छन्। टीकापुर नगरपालिका वडा नम्बर –९ खक्रोला सडक खण्डबाट हिडिरहेको अबस्थामा चेकजाँच गर्दा टीकापुर नगरपालिका–३ बस्ने २० वर्षीय दिपक विश्वकर्मा र १८ वर्षीय किशोर लागूऔषधसहित पक्राउ परेका हुन् । त्यस्तै दुबै जनालाई ७८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित फेला पारि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको […]

रवि लामिछानेको बयान हुँदै गर्दा रास्वपाका कार्यकर्ताद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । आज सरकारी वकील कार्यालय काठमाडौँमा पार्टी सभापति लामिछानेको बयान हुँदै गर्दा रास्वपाका कार्यकर्ताले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको हो। त्यस्तै उनीमाथि काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान भइरहेको […]

दाङमा घाँस काट्ने क्रममा रुखबाट लडेर सुनारको मृत्यु

दाङ । घाँस काट्नेक्रममा रुखबाट लडेर एक जना मानिसकाे मृत्यु भएकाे छ । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर – ७ तमाखेका ५४ वर्षिय जेमबहादुर सुनारकाे मृत्यु भएकाे हाे । यहीँ मंसिर १३ गते घर नजिकै रहेकाे इपिलकाे रुखबाट लडेर घाइते भएका सुनारकाे उपचारकाे क्रममा नर्सिङ कलेज नेपालगञ्जमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएकाे छ ।

आदर्श नमूना मावि लालमटियाका विद्यार्थीहरुलाई योग तथा बाल संस्कार सम्बन्धि प्रशिक्षण

दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमूना माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई योग तथा बाल संस्कार सम्बन्धी प्रशिक्षण दिएको छ ।विद्यालयले कक्षा ८ देखि १२ सम्मका करिब ७ सय विद्यार्थीहरुलाई साे प्रशिक्षण दिएको हाे । विद्यार्थीहरुकाे शारीरिक,मानसिक,नैतिक विकास गर्दै अनुशासित र जिम्मेवार नागरिक बनाउने उदेश्य उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएकाे विद्यालयका प्रधानाध्यापक […]

देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ स्थित देउखुरी पब्लिक स्कुलमा बिहीबार तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।स्कुलका डोजाङ प्रमुख तिर्थराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रधानाध्यापक भूमाण्डप केसीले विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शिक्षासंगै आफ्नो सुरक्षाको लागि तेक्वान्दो खेल सिकाइ रहेको बताएका छन् । उनले पढाईसंगै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तरगत तेक्वान्दो खेलपनि […]

राप्ती गाउँपालिकामा २ सय बढी कुकुरहरुको बन्ध्याकरण

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पालिका क्षेत्रभित्र रहेका दुई सय बढी कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्‍याउन थालेपछि शिविर नै सञ्चालन गरेर बन्ध्याकरण गरिएको गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिए । शिविरमा १ सय १६ वटा […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आज अस्पतालमा भर्ना गरिएको छ । प्रसाईंलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको साइबर ब्यूरोका एक अधिकृतले बताए । त्यस्तै यसअघि उनले न्यायाधीशसँग आफू क्यान्सर रोगी भएको र उपचार गर्न नपाएको गुनासो गरेपछि न्यायाधीशले स्वास्थ्य जाँच गराएर चिकित्सकले भने अनुसार गर्न आदेश दिएका थिए । उनी ४ मंसिरमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]