
Gfs
Rgp
cjs
Lnp
Ggp
Srbpu
Ses
Sgr
Djs
Pbu
Pes
Rgp1
Unsku
pku
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले नागरिकको अपेक्षा अनुरुप पारदर्शी र प्रभावकारी सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत देशभरका प्रहरी युनिटहरुलाई सम्बोधन गर्दै उनले नागरिकलाई केन्द्रबिन्दुमा राखेर उनीहरुका समस्या र गुनासोको उचित सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन् । […]
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि सरकारले सवारी साधनको भाडादर पनि समायोजन गरेको छ । सरकारले वैज्ञानिक सूचकअनुसार भाडा समायोजना गरेको राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । त्यस्तै उनका अनुसार यात्रुवाहक सवारी साधनको भाडादर १६.७१ ले वृद्धि भएको छ । पहाडी क्षेत्रका मालवाहक सवारी साधनमा २१.६८ ले भाडादर वृद्धि भएको छ […]
दाङ । लुम्बिनी प्रादेशिक अस्पतालले सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने भएको छ । अस्पतालले एक सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको हो । लुम्बिनी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहत रहेको उक्त अस्पतालले स्वीकृत दरबन्दी अनुसार रिक्त पदहरुमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागेको जनाएको छ । प्रकाशित सूचना अनुसार, मेडिकल अधिकृत ८ तहमा ९ […]
दाङ । लमही नगरपालिकाको आयोजना तथा केयर सिटी अस्पताल नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रजनन स्वास्थ्यसम्बन्धी एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविरले स्थानीय महिलाहरूमा सकारात्मक प्रभाव पार्न थालेको छ । लमही नगरपालिका २ स्थित सोनपुर स्वास्थ्य चौकीमा जारी यस शिविरले विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ […]
दाङ । लुम्बिनी प्रदेशमा सिँचाइ दिवस २०८२ प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताएका छन् । मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका कारण नदी तथा खोलाहरु सुक्दै जानु र जमिन सुख्खा बन्दै जानु […]
दाङ । देउखुरीको लमहीमा रहेको लमही अस्पतालको समग्र व्यवस्थापन सुधार गर्ने उद्देश्यले महत्वपूर्ण निर्णय गरिएको छ । अस्पताल व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले व्यवस्थापन,सुधार तथा विकास सम्बन्धि जिम्मेवारी समिति सदस्य अजय न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोगराज चौधरीका अनुसार अस्पतालको वर्तमान अवस्थालाई सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने […]
काठमाडौँ । प्रहरीले सार्वजनिक स्थानमा एक बृद्धलाई कुटपीट गरेको अभियोगमा एक आरोपीलाई पक्राउ गरेको छ । त्यस्तै सामाजिक सञ्जालमा देखिएको काठमाडौंको वसन्तपुर क्षेत्रमा वृद्धलाई कुटपिट गरेको भिडियोका सम्बन्धमा प्रहरीले छानबिन गरेको थियो । छानबिनका क्रममा कुटपिटमा संलग्न चन्द्रागिरी नगरपालिका थानकोटका ४४ वर्षीय प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । […]
दाङ । राजपुर गाउँपालिका गाउँपालिका वडा नम्बर २ मटेरियास्थित सोमईथान एल.एच एकेडेमीले शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा कक्षा ५ तर्फ उल्लेखनीय सफलता हासिल गरेको छ । विद्यालयका अनुसार परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदै १०० प्रतिशत नतिजा ल्याउन सफल भएका हो । त्यस्तै उक्त परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये ९ जनाले A+ ग्रेड तथा अन्य ५ […]
दाङ । देउखुरीको गढवा गाउँपालिकामा जनप्रतिनिधि,वडा सचिव तथा सरोकारवालाबीच सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार आयोजित कार्यक्रममा सामाजिक सुरक्षा व्यवस्थापन,घटना दर्ता तथा सेवा प्रवाहका विविध पक्षमा छलफल गरिएको हो । गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा भत्ताको मासिक दररेट, त्रैमासिक वितरण प्रक्रिया, तथा आगामी वैशाख १ […]