दाङमा श्रीमती हत्याको आरोपमा एक युवक पक्राउ

दाङ । श्रीमानको कुटपिटबाट घाइते भएकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएको घटनामा मृतकका श्रीमान पक्राउ परेका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर– २ केराघारीका २१ वर्षीय सुमन आले मगरले १७ वर्षीया श्रीमती खिमी परियारलाई पुस १२ गते बिहान ९ बजेतिर निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी खिमीलाई पुस १३ गते नेपालगन्जको […]

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि ७७ मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउँदै निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २५ गतेदेखि लागू हुने गरी ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो । उनीहरुलाई न्याय परिषदको परामर्शमा प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको […]

आज एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पछिल्लो समय देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु लागेको छ । तराई भूभागका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो रहनेछ । त्यस्तै कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा […]

राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ। गाउँपालिका तथा मातहतका कार्यालयहरुको काम–कारबाही,सेवा प्रवाह र योजनासम्बन्धी सार्वजनिक विषयमा सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया गराई सेवाप्रति उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । कार्यक्रममा अध्यक्ष विष्टले गाउँपालिकाको समृद्धि, विकास र […]

लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठक सम्पन्न,बैठकद्वारा महत्वपूर्ण निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय राप्ती उपत्यका (देउखुरी)मा आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश सचिवहरुको जिम्मेवारी तोक्ने तथा हेरफेर गर्ने निर्णय गरेको हो । शम्भुप्रसाद मैनालीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,विनोद लामिछानेलाई पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,बन्धुप्रसाद बस्तोलालाई […]

प्रगतिनगर खानेपानीको अध्यक्षमा ज्ञवाली निर्विरोध निर्वाचित

दाङ । देउखुरीको राप्ती गाउँपालिका–८ पिपरीमा रहेको प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा तिर्थराज ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । शनिवार राप्ती गाउँपालिका–८ पिपरीमा भएको चौथो अधिवेशनबाट अध्यक्ष पदमा ज्ञवाली बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि निर्वाचन समितिले ज्ञवालीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । ज्ञवाली यस अघि कार्यसमिति सचिव पदमा थिए । […]

गोरखा मोडेल लमहीको सातौँ बार्षिकोत्सब सम्पन्न,शिक्षा नै समृद्धिको आधार:मन्त्री तिमिल्सिना

दाङ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षित र दक्ष जनशक्तिको पूर्ण परिचालन बिना कुनै पनि राष्ट्र र समाजको दिगो विकास सम्भव नहुने बताएका छन् । वर्तमान युग ज्ञान र प्रविधिको युग भएकाले व्यवहारिक, प्राविधिक तथा गुणस्तरीय शिक्षा अपरिहार्य भइसकेको उनको भनाइ छ ।शनिबार लमही-६ स्थित गोरखा मोडेल सेकेन्डरी स्कुलको सातौँ वार्षिकोत्सव उद्घाटन […]

रोल्पामा विद्यार्थी बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु,९ जना घाइते

रोल्पा । रोल्पामा विद्यार्थी बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका वडा नम्बर–१ गामखोला क्षेत्रमा गएराती १० बजेको समयमा विद्यार्थी बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी तथा प्रहरी […]

दाङ भ्याली यातायात घोराहीको अधिवेशन सम्पन्न, संयोजकमा पुनःदमाई चयन

दाङ । दाङ भ्याली यातायात प्रा.लि.घोराही शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार घोराहीको बाह्रकुने दहमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अथिति घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले स्थानीय तहको एकल अधिकार भित्र तीन पाङ्ग्रे सवारी पर्ने भएकाले अब दर्ता,नवीकरण,रुट इजाजत लगायत नियमन र व्यवस्थापनको काम स्थानीय तहबाटै हुने बताए । उनले अटोहरुलाई […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]