पत्रकार बस्नेतलाई आर्थिक तथा खाद्यान्न सहयोग

दाङ । देउखुरीका सक्रिय पत्रकार श्रवन बस्नेतलाई आर्थिक सहयोग भएको छ । दाङबाट प्रकाशित हुने राप्ती पोष्ट राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार बस्नेत केहि दिन यता सुगर, ग्याष्ट्रिक लगायतको रोगबाट ग्रसित हुनु भएको छ । त्यस्तै विरामीका कारण कामकाजमा असर पर्दा दैनिकी जीवन यापनमा समस्या भएकोले पत्रकार बस्नेतलाई खाद्यान्न तथा आर्थिक सहयोग गरिएको वरिष्ठ पत्रकार केपी […]

माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा ५६ वर्षीय उप्रेती पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाउँछु भनी ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर २,घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् । मंगलबार उनलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । […]

अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिकाको सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका गोदावरी नगरपालिका वडा नम्बर १ निवासी ६३ वर्षीय चक्रबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार मिर्गौला रोगबाट पीडित सिंहले मङ्गलवार दिउँसो अस्पतालको छतबाट हाम फालेका थिए । उनी सेती प्रादेशिक अस्पतालमा नियमित रूपमा डायलासिस गराउँदै आएका थिए । सोमबार मात्रै उनी […]

नेपाल सांस्कृतिक महासंघ लमही नगर स्तरीय कार्य-समिति चयन,अध्यक्षमा दशौदी

दाङ । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघले लमहीमा नगर स्तरीय कार्यसमिति चयन गरेको छ । जस्को अध्यक्षमा उषा दशौदी, उपाध्यक्षमा पोषण भण्डारी,सचिवमा प्रिया स्मृती गजमेर, कोषाध्यक्षमा वर्षा वली,सह-सचिवमा सुशिला डाँगी रहेका छन् । त्यसैगरी सिमा चौधरी,पवन बस्याल,छायाँ बुढाथोकी र सुष्मा नेपाली सदस्य रहेका छन् । नेपाल सांस्कृतिक महासंघ लमही नगर स्तरीय प्रथम अधिवेशनमा […]

लमहीमा तीन दिने नमूना युवानगर सभा अभ्यास कार्यक्रम सम्पन्न

दाङ । देउखोरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा तीन दिने नमूना युवा नगरसभा अभ्यास कार्यक्रम सोमबार सम्पन्न भएको छ । स्थानीय तहको नगर सभा कसरी चलाउने,योजना तर्जुमा र कार्यान्वयन कसरी गर्ने लगायतको विषयमा तीन दिने नमूना युवा नगरसभा अभ्यास कार्यक्रमको आयोजना गरि लमही नगरपालिकाको वडा नम्बर १ देखि ९ नम्बर वडा भित्रका २७ जना […]

आन्दोलनमा घाइते ६२ शिक्षक-कर्मचारीमध्ये १२ जनाको अवस्था निकै चिन्ताजनक

काठमाडौँ । नेपाल शिक्षक महासंघ र प्रहरी बीच आइतबार भएको झडपमा घाइते भएका ६२ शिक्षक-कर्मचारीमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको छ । महास‌ंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक-कर्मचारी मध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक-कर्मचारी तथा केही सञ्चारकर्मी घाइते […]

पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु,२ जना घाइते

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर –१,सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै घटनामा २ जना घाइते भएका छन् । गएराति लु १ ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वाेत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । […]

अमिलियामा धार्मिक महोत्सव सुरु,धार्मले समुदाय बीचको सम्बन्ध प्रगाढ गर्दछ-अध्यक्ष केसी

दाङ । लमही नगरपालिका वडा नम्बर ९,अमिलियामा अमिलिया श्रींगारिक महा आरती धर्म जागरण सप्ताह महोत्सवको शुभारम्भ भएको छ । महोत्सवको लमही नगरपालिका-९ का वडा अध्यक्ष भेष बहादुर केसीले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै वडा अध्यक्ष केसीले धर्म र संस्कृतिले मानिसलाई सामाजिक परिधि भित्र बाँधेर राखेको बताए । आपसी सद्भाव कायम गर्नुका साथै फरक-फरक समुदायका […]

शिक्षक आन्दोलन थप चर्काउँदै महासंघ,सबै शिक्षक र कर्मचारीलाई काठमाडौँ आउन अपिल

काठमाडौँ । प्रहरीसंग आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो । संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिन हामी सबै पेसागत संस्था,आम शिक्षा सरोकार समूह तथा आम […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]