
Jsbg-7
Usbl-7
Rksr-7
Pbu
Msbg-2
Gsbr-6
Jsbr-3
Csbg-7
Gsbg-3
ksbl-7


दाङ । देउखोरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा तीन दिने नमूना युवा नगरसभा अभ्यास कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
स्थानीय तहको नगर सभा कसरी चलाउने,योजना तर्जुमा र कार्यान्वयन कसरी गर्ने लगायतको विषयमा तीन दिने नमूना युवा नगरसभा अभ्यास कार्यक्रमको आयोजना गरि लमही नगरपालिकाको वडा नम्बर १ देखि ९ नम्बर वडा भित्रका २७ जना युवाहरुलाई समावेश गरेर प्रशिक्षण दिइएको हो ।
नमूना युवा नगरसभा अभ्यास कार्यक्रममा नगर प्रमुखको भुमिका निश्चित जैसीले निर्वाह गरेका थिए । त्यस्तै उप-प्रमुखमा उषा ओली र प्रमुख प्रशासकीय अधिकृतमा अनुप चौधरी निर्वाह गरेका थिए भने तीन दिनसम्म चलेको नमुना अभ्यास कार्यक्रममा प्रतिवेदन भोला चौधरीले प्रस्तुत गरेका थिए ।
नमूना युवानगर सभा अभ्यासका प्रमुख निस्चित जैशीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवम् उप-प्रमुख लक्ष्मी योगीको विशिष्ट अतिथिमा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख चौधरीले नमूना अभ्यास कार्यक्रममा सहभागी हुँदै गर्दा यस कार्यक्रमबाट आफू धेरै हर्षित र प्रभावित भएको बताएका छन् । समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका चौधरीले सबैभन्दा पहिले युवाहरु अनुशासित हुनुपर्नेमा जोड दिए । युवाहरु अनुशासित भएर निरन्तर समाज र राष्ट्रको हितको लागि काम गरेर अघि बढेको खण्डमा मात्र समाज र राष्ट्रले केही मुहार फेर्ने समेत उनले बताए ।
त्यस्तै उनले लमही नगरपालिकालाई बाहिरबाट हेर्दा केहीपनि विकास नगरेको जस्तो देखिएतापनि नगरभित्र विकासका कामकार्यहरु तीव्र गतिमा अघि बढाइएको समेत बताए । सोमबार बिहान मात्रै लमही-९ अमिलिया र राजपुर- ७ हाडबासलाई जोड्न संघीय सरकारको कुल २ करोडको झुलुङ्गे पुललाई आफुले उद्घाटन गरेर आएको समेत बताए ।
नगर भित्र विकासका कामसंगै युवा,महिला, बालबालिकालाई शिपमुलक तालिमहरु प्रदान गर्दै आएको समेत बताए ।
यस्तै नगर प्रमुख चौधरीले युवाहरुले कुसंस्कार र कुसंस्कृतिको प्रविधिलाई हटाउँदै संस्कार र संस्कृतिलाई अँगाल्नुपर्ने बताए । उनले सिकेका अनुभवहरू कार्यान्वयन गर्न समेत कार्यक्रममा सहभागी सम्पूर्ण युवाहरुलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रममा लमही नगरपालिकाकि उप-प्रमुख लक्ष्मी योगीले नमूना अभ्यास कार्यक्रमबाट आफू धेरै प्रभावित भएको बताएकी छिन् । पछिल्लो समय देशमा सकारात्मक भन्दा पनि नकारात्मक प्रविधिले जरो गाडेको हुँदा यसलाई उखलेर फ्याक्नका लागि यस खालका कार्यक्रमहरू गर्न जरुरी रहेको बताइन् । उनले प्रत्येक गाउँ, समाजदेखि ७५% सचेत युवाहरु राजनीतिमा लागेमा समाज एवं राष्ट्रलाई परिवर्तन गर्न देशको विकास र समृद्धिका लागि ठूलो टेवा पुग्ने समेत बताएकि छिन् ।
युवालयको आयोजना तथा आई एम स्वेडिसको साझेदारी एवम् राष्ट्रिय युवा परिषद र लमही नगरपालिकाको सहकार्यमा संचालन भएको ३ दिने कार्यक्रमको प्रशिक्षकमा कानुनी व्यवसायी तुलसीराम न्यौपाने रहेका थिए ।
कार्यक्रममा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, प्रशासन शाखा प्रमुख महेश थापा ठेडि मगरको सहभागीता रहेको उक्त कार्यक्रमको सञ्चालन युवालय परियोजनाका संयोजक विद्या बिष्टले गरेकी थिइन् ।युवालय संस्थाले विभिन्न जिल्लाको स्थानीय पालिकाहरुसंग समन्वय गरेर यस खालका कार्यक्रमहरु बृहतरुपमा संचालन गर्दै आएको युवालय परियोजनाकि संयोजक विष्टले जानकारी दिइन् । यस्तै अहिले प्रत्येक स्थानीय पालिकाहरुमा छायाँ सरकार गठन भै स्थानीय जनप्रतिनिहरुसंग छायाँ सरकारले समन्वय गरि काम समेत गरेको छ ।
