प्रिया स्मृती गजमेर/लमही मंगलबार, बैशाख १६, २०८२

दाङ । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघले लमहीमा नगर स्तरीय कार्यसमिति चयन गरेको छ ।

जस्को अध्यक्षमा उषा दशौदी, उपाध्यक्षमा पोषण भण्डारी,सचिवमा प्रिया स्मृती गजमेर, कोषाध्यक्षमा वर्षा वली,सह-सचिवमा सुशिला डाँगी रहेका छन् । त्यसैगरी सिमा चौधरी,पवन बस्याल,छायाँ बुढाथोकी र सुष्मा नेपाली सदस्य रहेका छन् ।

नेपाल सांस्कृतिक महासंघ लमही नगर स्तरीय प्रथम अधिवेशनमा बोल्दै नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकीले नेपाली कांग्रेसका भातृसंगठनमध्ये पार्टीलाई ऊर्जाशील बनाउन सक्ने संस्था नै नेपाल सांस्कृतिक महासंघ भएको बताए ।

सोमबार लमहीमा सम्पन्न प्रथम नगर स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै सभापति बुढाथोकीले कलाका विभिन्न क्षेत्रमा क्रियाशील कलाकर्मीको संस्था नेपाल सांस्कृतिक महासंघको नेपाली कांग्रेसभित्र अन्य भातृ संघसंस्थाको भन्दा मूल्य र मान्यता ठुलो रहेको उनको भनाई छ ।

कार्यक्रममा नेपाल सांस्कृतिक महासंघ लमही नगर समितिका सल्लाहकार, संगीतकार तथा गायक यादव योगीले संगठन सुदृढीकरण, सांस्कृतिक पहिचान संरक्षण तथा सामाजिक सद्भाव कायम राख्न महासंघले महत्वपूर्ण भूमिका खेल्न सक्नु पर्ने बताए ।

नेपाल सांस्कृतिक महासंघ लमही नगरका पुर्व अध्यक्ष ज्ञानेन्द्र स्वर्णकारले सांस्कृतिक जागरण र नेपाली कांग्रेसको विचारलाई स्थानीय स्तरसम्म विस्तार गर्न नयाँ कार्यसमिति सक्रिय रूपमा लाग्ने धारणा व्यक्त गरे ।

नेपाल सांस्कृतिक महासंघ लमही नगरका नवनिर्वाचित अध्यक्ष उषा दशौदीले संगठनलाई सशक्त र प्रभावकारी बनाउन प्रतिबद्धताका साथ अगाडि बढ्ने बताइन् ।

स्थानीय स्तरमा संगठन विस्तार तथा सांस्कृतिक गतिविधिलाई सशक्त बनाउने उद्देश्य लिएको छ । नयाँ कार्यसमिति गठनसँगै, लमही नगर स्तरीय महासंघले आगामी दिनमा आफ्नो गतिविधि थप सक्रिय बनाउने लक्ष्य लिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]