दाङ । देउखुरीका सक्रिय पत्रकार श्रवन बस्नेतलाई आर्थिक सहयोग भएको छ । दाङबाट प्रकाशित हुने राप्ती पोष्ट राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार बस्नेत केहि दिन यता सुगर, ग्याष्ट्रिक लगायतको रोगबाट ग्रसित हुनु भएको छ ।
त्यस्तै विरामीका कारण कामकाजमा असर पर्दा दैनिकी जीवन यापनमा समस्या भएकोले पत्रकार बस्नेतलाई खाद्यान्न तथा आर्थिक सहयोग गरिएको वरिष्ठ पत्रकार केपी घिमिरेले जानकारी दिए ।
शारीरिक अस्वस्थ भएका बस्नेतलाई पत्रकार तथा लमहीका व्यवसायीहरुले आर्थिक सहयोग गरेका हुन । वरिष्ठ पत्रकार केपी घिमिरेबाट १ हजार ५ सय, नागरिक समाज दाङका संयोजक निम बहादुर थापाबाट १ हजार १ सय रुपैयाँ प्रदान भएको छ । त्यस्तै रेडियो नेपाल दाङका सम्वाददाता किरण विक्रम शाहबाट ७५ किलो चामल, नेपाली कांग्रेस क्षेत्र नम्बर १ दाङका प्रवक्ता तथा लमहीका व्यवसायी अजय न्यौपानेबाट २५ किलो चामल प्रदान गरिएको छ ।
त्यस्तै नेपाल टेलिभिजन दाङका सम्वाददाता दशरथ घिमिरेबाट १ हजार, गोरखापत्र देउखुरी सम्वाददाता दिवाकर पोख्रेलबाट १ हजार, नेपाल पत्रकार महासंघ दाङका पुर्व जिल्ला सदस्य शिवराज खनाल ( हाल क्रोशिया) बाट १ हजार, हाम्रो लुम्बिनी न्युजका संचालक वासुदेव न्यौपानेबाट १ हजार सहयोग भएको छ ।
त्यस्तै सिधापत्र अनलाइनका संचालक मेगमन बुढाबाट १ हजार, दाङ समाचार अनलाइनका संचालक प्रिया स्मृती गजमेरबाट ५ सय, देउखुरी पोष्टका संचालक भिशुन शाहीबाट ५ सय, रेडियो साझा आवाज गढवाका प्रवन्धक दुखहरण यादवबाट ५ सय ५५ रुपैयाँ, लमही नगरपालिका पंजीकरण शाखामा कार्यरत सोभा पण्डितबाट ५ सय, घर संसार अनलाइनका संचालक टेक बहादुर पुनबाट ५ सय रुपैयाँ, मल्टी सर्भिस प्वाइन्टका संचालक पुरण चौधरीबाट ५ सय र समाजसेवी, व्यवसायी हिरालाल चौधरीबाट ५ सय रुपैयाँ गरि नगद ११ हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग भएको हो ।
यस्तै आफु अप्ठ्यारो परेका बेला आफ्ना पेसागत सहकर्मीहरुले घरमै आएर सहयोग गरेकोमा पत्रकार बनेतको घरपरिवारले धन्यवाद दिएका थिए ।