जनज्योति माविका प्रअद्वारा वडाध्यक्षको पत्र अस्विकार, वडाध्यक्षले बसाले सर्वदलीय बैठक

दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ मा रहेको जनज्योति माध्यमिक विद्यालयको विव्यस छनौटका लागि बसेको अभिभावक भेलाको दोस्रो भेलाबाट पनि सहमति कायम हुन नसकेपछि निर्वाचन समिति गठन भएको थियो । निर्वाचन समिति भईसकेपछि निर्वाचन कुन मितिमा, सहज वातावरणमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यले राजपुर -२ का वडा अध्यक्ष ओमप्रकाश यादवद्वारा पत्राचार गरी स्थानिय […]

दाङको हापुरेमा शोक तथा स्मरण कार्यक्रम सम्पन्न

दाङ । प्रतिरोध जन अधिकार आन्दोलनका संयोजक प्रमोद धितालका बाबु योधनकृष्ण उपाध्यायको देहावसानको बार्‍हौं दिनको अवसरमा बिहीबार दाङको हापुरेमा शोक तथा स्मरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शोक मन्तब्य राख्दै साहित्य,कला तथा संस्कृति विभागका केन्द्रीय सदस्य रामप्रसाद जैसीले गरुड पुराणले सजायहरुको डर दिमागमा हालिदिएकोले त्यसलाई छोड्नु परेको बताउनुभयो । भौतिकवादी समाज चितवनका अध्यक्ष ओमनाथ […]

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यसका साथै महिला तथा सामाजिक मामिला समितिका सभापति किररणकुमार साहले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने छन् । यसअघि २१ गतेका लागि तय […]

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् । त्यस्तै प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका […]

लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा माओवादीका दुई मन्त्रीलाई बर्खास्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै मुख्यमन्त्रीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् । अब प्रदेश सरकारमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका […]

गठबन्धनका तीन मन्त्रीद्वारा पद तथा गोपनीयताको लिए शपथ

काठमाडौं । गठबन्धनका तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी,नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराउनु भएको हो । नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो […]

संघीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएका छौं : प्रधानमन्त्री ´प्रचण्ड`

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ´प्रचण्ड`ले आफू तेस्रो पटक सरकारको नेतृत्वमा आएपश्चात संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ। शनिबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अन्तरप्रदेश समन्वय परिषदको बैठक गरी संघीयता कार्यान्वयनमा गति दिइएको समेत बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले तीन तहको संघीय प्रणालीमा प्रदेशहरूलाई बलियो तुल्याएर मात्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ […]

घोराहीमा हुन लागेको तेश्रो खुमबहादुर खड्का भलिबल प्रतियोगिताको तयारी पुरा

दाङ । घोराहीमा हुन थालेको तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुनको २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुन थालेको भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी […]

आज पनि प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालय जनाएको छ । त्यस्तै बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा परराष्ट्र नारायण प्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्नु हुनेछ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]