दाङ । आज लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ लिएका छन् ।
सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले बुधबार आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन् । आचार्य एमाले संसदीय दलको उपनेता हुन् । मुख्यमन्त्री आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित छैनन् ।
दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यन्त्री बनाइएपछि गिरी रुष्ट बनेका छन् । गिरी निकट एक एमाले सांसदले भने गिरी अस्वस्थ भएका कारण सपथ ग्रहण कार्यक्रममा जान नसकेको दाबी गरे ।
त्यस्तै एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । यहाँ रहेका लोसपा, नाउपा, जनमत,जसपा,जसपा नेपालले सरकारलाई समर्थन गर्ने बताएका छन् ।