पदमुक्त भएका गृहमन्त्री बादलको पुनः बेलुका ५ बजे राष्ट्रपति भवनमा सपथग्रहन हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने भएका छन् । त्यस्तै बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र […]

गृहमन्त्री थापा बादल पदमुक्त:सांसद पदपनि भयो खारेज

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ । उनलाई गत चैत २७ गते नै माओवादीले थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो ।

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । गण्डकी प्रदेश संसदीय दलले बिहीबार सभामुखलाई पत्र लेख्दै गुरुङले एकपक्षीय रुपमा माओवादीसँग यसअघि भएको सम्झौता उलंघन गरेकाले आजकै मितिदेखि समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ । त्यस्तै काँग्रेससहितका ४ दलबीच मिलेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि माओवादी केन्द्रले […]

कांग्रेस परित्याग गरि स्याङ्जामा सिङ्गो बस्ती नै एमालेमा प्रवेश

स्याङ्जा । मुलुकमा राजनीतिक उथल पुथल भइरहेको समयमा नेकपा एमालेको भने जनलहर व्यापक मात्रामा बढ्दै गइरहेको छ । यसै क्रममा स्याङ्जाको वालिङ १४ लंकाकोटको शनिवार एउटा सिंगो बस्ती नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको छ । उक्त ठाउँमा दर्जनौं कांग्रेसका युवा युवती, वृद्ध वृद्धाको एमालेमा प्रवेश गरेका हुन् । मुलुकको विकास र समृद्धिको […]

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस्तै १४औं महा धिवेशनको सन्दर्भमा बैठक बस्न लागेको उनले बताए । पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ । पूर्व पदाधिकारीहरुलाई […]

संघीय ४ सांसदलाई माओवादी केन्द्रले गर्‍यो कारबाही

काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन भएको छ । माओवादीले सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको हो । त्यस्तै चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन् । उनीहरु […]

अबको केही दिनमै कर्णाली प्रदेशका नेपाल निकट एमाले मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् । एमालेको केपी शर्मा ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो […]

स्थायी कमिटी बैठक नेकपा माओवादी केन्द्रको स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भन्दै केन्द्रले बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक डाकिएको थियो । नयाँ सत्ता समीकरणबारे माओवादी केन्द्रले जनता समाजवादी पार्टीसँग छलफल गर्दैछ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार […]

खुमबहादुर खडकाको तेस्रो स्मृति दिवशअवसरमा जुमभर्चुअल कार्यक्रम सम्पन्न

दाङ । नेपाली काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपाली नागरिकको हक खोस्ने र संबैधानिक संकट निम्ताउने गरेको आरोप लगाउनु भएको छ । शनिबार राप्ती समाज क्यानाडा र राप्ती गाउँपालिका तरुण दलद्धारा आयोजित जुम भर्चुअल कार्यक्रममा नेत्र भट्टराईको सभाध्यक्ष तथा नेपाली कांग्रेसका प्रमुख सचेतक बाल कृष्ण खाँडको प्रमुख आतथ्यमा भएको थियो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]