
Ssbus
Ssbus
Pbu
tssbus
Sssbus1
Gsl
Sssbus1
Ssbus
nsm
ssbus

Ggd
Vor
Rgs
Rgu
Gst
Tsm
Sbs
Wsp
Rgu
Ksm
Rsb
Asm
Hal
Bbu
nsb
Sls
Bbbpu
Pvg
Ssm

Jmb
sab
Jmb
Gsb
bbt
Rpp
Rmb
Syp
Mks
Pls
Bml
Abd
Ptm
दाङ । नेकपा एमाले लमही नगर कमिटीको दोस्रो पुर्ण बैठक शुक्रबार लमहीमा सम्पन्न भएकोछ।
नगर कमिटी अध्यक्ष दण्डीराम चौधरीको अध्यक्षता एवं नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा संघीय सांसद गंगा थारुको प्रमुख आतिथ्यमा लमही स्थित नेत्रलाल स्मृति प्रतिष्ठान भवन रातोडाडामा बैठक बसेको हो । बैठकले विभिन्न निर्णय गरेको छ।
जस्मा वडा कमिटीको बैठक तथा योजना तर्जुमा आगामी चैत १ गते देखि ९ गते सम्म गरि सक्ने,टोल भेला तथा कमिटी गठन चैत १५ गते सम्म सम्पन्न गरि सक्ने र नगर सदस्यमा भिष्मराज गैरेलाई मनोनीत गरेकोछ।त्यस्तै पार्टी बिधान बिपरित काम गरेकालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेकोछ। बैठकले १७ सदस्यीय सचिवालय गठन गरेकोछ।
त्यस्तै बैठकमा केन्द्रिय लेखा आयोगका सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा,केन्द्रिय अनुशासन सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गौतम,दाङ जिल्ला उपाध्यक्ष एवं क्षेत्र नम्बर १ का इन्चार्ज राममणि पाण्डे,जिल्ला कमिटी सदस्यहरु नारायण डागी छम्पाली,धुप नारायण चौधरी,रतन कुमार केसी,अनेम संघ केन्द्रिय सदस्य सुशीला शर्मा लगायतले निर्देशनात्मक मन्तव्य राखेका थिए ।
बैठकमा जिल्ला कमिटी सदस्य एवं लमही नगर प्रमुख कुल बहादुर केसी,पवन शर्मा रिजाल,अब्जर अली, शिवराज गिरि,गोपाल ज्ञवाली, लक्ष्मी शर्मा,रेशम केसी लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
