अनिल खत्री/गुल्मी बिहिबार, फाल्गुण २६, २०७८

गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा आगामी चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म सञ्चालन हुने चौथो गुल्मी महोत्सवलाई सफल बनाउन गुल्मी जिल्ला स्थित क्रियाशिल राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहिवार गुल्मी उद्योग बाणिज्य संघको सभाहलमा भएको छलफलमा जिल्ला स्थित क्रियाशिल राजनितिक दलका प्रनितिधीहरुले जिल्ला वासीको महोत्सव भएकाले यसलाई सफल बनाउन आफनो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कोरोना महामारीका कारण केहि वर्ष रोकिएको महोत्सवले सबै व्यवसायिक क्षेत्र तर्फ चलाएमान बनाउने दलहरुको तर्क रहेको थियो ।

जिल्लाको जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसँगै पर्यटन क्षेत्रको प्रचारप्रसारमा मद्दत गर्नेभएकाले महोत्सवलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा राजनितिक दलका प्रतिनिधीले जोड दिएका थिए । गुल्मी उद्योग बाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आगामी चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको आयोजना गरेको हो ।

महोत्सवलाई सफल बनाउन प्रचारप्रसारसँगै बिभिन्न उद्योगी व्यसायीलाई भेटनको लागि बाणिज्य संघको टोली शुक्रवार बुटवल जाने कार्यक्रम रहेको छ । चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ । महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए ।

त्यस्तै जिल्लामा उत्पादिन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ । अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, महोत्सव अवधिभर राखिने भुसालले बताए ।

यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिने भएको छ । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बजोड प्रस्तुती रहने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]