एमालेद्वारा लमहीको प्रमुखमा चौधरी र उपप्रमुखमा शर्मा सहित सबै वडाको उम्मेदवारी दर्ता

दाङ । देउखुरीको लमही नगरपालिकाको प्रमुख र उपप्रमुख सहित नगरको सबै वडाको वडा अध्यक्ष र सदस्यका लागि नेकपा एमाले लमही नगर कमिटीले आज मनोनयन उम्मेदवारी दर्ता गरेको छ । जसको प्रमुख मेयरको लागि नेकपा एमाले लमही नगर कमिटीका अध्यक्ष दण्डीराम चौधरी र उपप्रमुख उपमेयरको लागि सुशीला शर्माको नाम लगेर आज लमहीमा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी […]

एमालेद्वारा घोराहीको प्रमुखमा चौधरी र उपप्रमुखमा डिसीको उम्मेदवारी दर्ता

दाङ । दाङकाे घाेराही उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार नरुलाल चाैधरीले सुरुवात भएकाे विकासलाई पूरा गर्न पुन: नगर प्रमुखमा उम्मेदवारी दिएकाे बताएका छन् । नेकपा एमालेको तर्फबाट नगर प्रमुखकाे उम्मेदवारी दर्ता गर्न पुगेका चाैधरीले सञ्चारकर्मीसँगकाे संवादमा आफू नगर प्रमुख रहँदा सुरू गरेका कतिपय विकासका काम अझै पूरा नभएकाे र ती कामलाई पूरा गर्नका लागि आफ्नो उम्मेदवारी […]

सुन्दर घाेराही,समृद्ध घाेराहीका लागि हाम्राे उम्मेदवारी हेमराज शर्मा (डायमण्ड)

दाङ । सुन्दर घाेराही,समृद्ध घाेराहीका लागि आफ्नो उम्मेदवारी रहेकाे गठबन्धनका उम्मेदवारहरुले बताएका छन् । आज साेमबार दाङको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराउन पुगेका गठबन्धनका उम्मेदवारहरूले सञ्चारकर्मीहरूसँगकाे संवादमा समग्र घाेराहीलाई समृद्ध बनाउने बताएका हुन् । गठबन्धनका तर्फबाट घाेराही उपमहानगरपालिकाका नगर प्रमुखका साझा उम्मेदवार हेमराज शर्मा डायमण्डले सञ्चारकर्मीसँगकाे संवादमा सिङ्गो घाेराही उपमहानगरपालिकालाई समृद्ध बनाउनका लागि […]

माओवादीबाट राजपुरको अध्यक्षमा खड्का र उपाध्यक्षमा यादवद्वारा उम्मेदवारी दर्ता

दाङ । नेकपा (माओवादी केन्द्र) बाट राजपुर गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर खड्का (शेखर) ले उम्मेदवारी दर्ता गराउनु भएको छ । उपाध्यक्ष पदमा पुष्पा यादवले मनोनयन दर्ता गराउनु भएको हो । खड्काले माओवादीको तर्फबाट राजपुर गाउँपालिकाको अध्यक्ष पदमा,पुष्पा यादवले उपाध्यक्ष पदमा,वडा अध्यक्ष,सदस्य लगायत कार्यकर्ताहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय राजपुरमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै वडा […]

काङ्ग्रेसले अध्यक्षमा बुढाथोकी र उपाध्यक्षमा यादव सहित राजपुरको सबै वडाको उम्मेदवार टुंगायो

दाङ । नेपाली काङ्ग्रेसले राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित सातवटै वडाको उम्मेदवार टुंगाएर टिकट वितरण गरेको छ । जसका लागि राजपुर गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका निवर्तमान राजपुर गाउँ इकाई कमिटीका सभापति शरद कुमार बुढाथोकी र उपाध्यक्षमा यस अघिका गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवलाई दोहोराएर उम्मेदवारी घोषणा गरेको हो । आसन बैशाख ३० गतेको स्थानीय तहको […]

नेपाली काङ्ग्रेसका पुर्व जिल्ला सदस्य रामप्रताप यादवद्वारा पार्टी परित्याग

दाङ । नेपाली काङ्ग्रेस पार्टीका पूर्व जिल्ला सदस्य रामप्रताप यादवले नेपाली काङ्ग्रेसको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गर्नु भएको छ । वि.स २०४८ सालदेखि नेपाली काङ्ग्रेस पार्टीको क्रियाशिल सदस्यबाट आफ्नो राजनीति यात्रा शुरु गर्नु भएका यादवले १९ वर्षको उमेरमा ८ औं अधिवेशनद्वारा मनोनीत क्षेत्रीय सदस्य हुँदै,नवौं अधिवेशनमा साबिक बेला गाबिसको इकाई सभापतिमा निर्वाचित […]

राप्ती गापामा पाँच दलीय गठबन्धन भत्कियाे, काँग्रेस जसपा र एस एक्लाएक्लै चुनाब लड्ने

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ५ दलीय गठबन्धन भत्किएको छ । नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र, राजमो, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बीच गठबन्धन हुने भनेता पनि अन्तिम अवस्थामा आएर भत्किएको छ । ५ दलीय गठबन्धन भत्किए पनि नेकपा माओवादी केन्द्र र राजमोले भने तालमेल गरेर जाने टुंगो लगाएर उम्मेदवार बाडफाँड […]

काङ्ग्रेसद्वारा लमही नगरपालिकाको नगर प्रमुखमा चौधरी र उपप्रमुखमा योगि उम्मेदवारी

दाङ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशले आसन्न स्थानीय तहको निर्वाचनका लागि लमही नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । जसमा लमही नगरपालिकाको नगर प्रमुखको लागि जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीले टिकट पाउनु भएको छ । नगरपालिकाको प्रमुख पदका लागि नेपाली काङ्ग्रेसबाट एक दर्जन बढी नेताहरु रेसमा हुनुहुन्थ्यो अन्तिममा चौधरीको नाममा टुंगो लागेको […]

राजपुरको अध्यक्षमा खड्का र उपाध्यक्षमा यादव,माओवादीद्वारा सबै वडाको उम्मेदवारी टुंगियो

दाङ । नेकपा (माओवादी)केन्द्र राजपुर गाउँकमिटीले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सहित सातवटै वडाको उम्मेदवारी टुंगो लगाएको छ । पाँच दलीय गठबन्धनमा सहमति हुन नसकेपछि राजपुर गाउँपालिकामा नेकपा (माओवादी) केन्द्र लुम्बिनी प्रदेश कमिटीका सदस्य चक्रबहादुर खड्का ‘शिखर’लाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पुष्पा यादवको उम्मेदवारी नाम अघि सारिएको हो । त्यस्तै खड्का शिखरका अनुसार वडामा एकीकृत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]