
Ppu
gis
Csb
Ssb
Rsb
Gsb
mss

Ssb
Tsb

Nps
Rgu
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ मा नेकपा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् । नेकपा माओवादी केन्द्रका श्याम बहादुर रोका ५८० मत प्राप्त गरी वडा अध्यक्षमा विजय भएका हुन् ।
वडामा १ हजार ४ सय ७ मत खसेको थियो । रोकाका प्रतिषस्पर्धी नेकपा एमालेकाे राजेन्द्र प्रसाद चौधरीले ५ सय ३५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा सदस्यहरुमा नेत्र बहादुर खत्री ५५३ , दिपेश चौधरी ५४३, महिला सदस्य दिलमती वली ५६९ र दलित महिला सदस्यमा सन्ध्या नेपाली ५६४ मत प्राप्त गरि विजय भएका छन् । निर्वाचित वडा सदस्य सवै नेकपा माओवादी केन्द्रका हुन् । अध्यक्ष रोका यसअघि पनि सो वडाको अध्यक्ष थिए ।
