
ksb
Rgp
Sgp
Asb
Lks
Rgp
lnp
Lnp
Rgp
Rgp
Jns
Ggp
Usb
Dus
Ggp
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् ।प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री […]
दाङ । राष्ट्रिय सभा निर्वाचनकालागि लुम्बिनीमा एमाले-काङ्ग्रेस गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । तीन सिटका लागि निर्वाचन हुन लागेको लुम्बिनीमा नेपाली काँग्रेसले दाङका बासुदेव जंगली र गुल्मीका चन्द्रबहादुर केसी,एमालेबाट गुल्मीकी रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै जंगली अपाङग कोटाबाट, झाँक्री महिला र केसीले खुल्ला कोटाबाट उम्मेदवार बनेका हुन् । उनीहरुले आज साढे २ […]
धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आगामी फागुन २१ गते हुने निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्– म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो […]
काठमाडौं । नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको हो । त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारप्रसार समितिका संयोजक सुवास पाेखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रीय विशेष महाधिवेशन […]
दाङ । नेपाली काङ्ग्रेसले लुम्बिनी प्रदेशबाट बासुदेव जंगली घिमिरेलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । उनलाई अपाङ्गता क्लस्टरबाट उम्मेदवारका रूपमा अघि सारिएको हो । घिमिरे दाङको लमही नगरपालिका वडा नम्बर- १,का निवासी हुन् । उनी नेपाली काङ्ग्रेसका पुराना र संघर्षशील नेता मानिन्छन्। उनले पार्टीका विभिन्न तहमा रहेर लामो समयदेखि संगठन निर्माण र […]
दाङ । पहिलोपटक प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन लागेको विप्लव नेतृत्वको नेकपा (माओवादी) ले दाङका तिनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । पार्टीले दाङका ३ वटै निर्वाचन क्षेत्रमा एकल सिफारिस गरेको हो । दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य प्रकाश शाहीलाई एकल उम्मेदवारका रुपमा सिफारिस गरिएको छ। उनी अखिल (क्रान्तिकारी)का […]
अर्घाखाँची । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीबाट नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ । पूर्व पार्टी सचिव टोपबहादुर रायमाझी,जिल्ला अध्यक्ष पिताम्बर भुसाल,बिजुला रायमाझी,वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो । एमाले जिल्ला कार्यालय सचिव लिलाबहादुर बिकका अनुसार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न पूर्ण रुपमा सक्षम रहेको दाबी गर्दै पुराना राजनीतिक दलहरुलाई अब चिन्ता नगर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित वृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले पुराना नेताहरुले नयाँ पुस्ताप्रति शंका गर्ने गरेको उल्लेख गर्दै देश जोगाउने तागत आफूहरुमा […]
दाङ । प्रतिनिधिसभा चुनावका लागि नेकपा एमाले पार्टीले दाङ क्षेत्र नम्बर १ बाट ५ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ समन्वय समितिको बैठकले एमालेका नेता रेवतीरमण शर्मा घिमिरे,अर्जुन गुरुङ,डाक्टर सुरामणी बेल्वासे,रामप्रसाद गैरे र कमला आचार्यको नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सहजराम यादवले जानकारी दिए । त्यस्तै शर्मा पूर्व प्रदेश सांसदसमेत हुन् । […]