काठमाडौं-३ बाट कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका हुन्। त्यस्तै उनी १८ हजार ७५७ मत पाएर विजयी भएका हुन् । कुलमानले ११ हजार १७१ मत पाएर दोस्रो स्थानमा रहेका निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिंइन् । उनले भनिन् भर्खर मतगणना […]

काङ्ग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ मनाङमा विजयी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट काङ्ग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए । गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाइन् । यद्यपि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न […]

रुकुमपूर्वमा नेकपा उम्मेदवार प्रचण्ड भारी मतान्तरले विजयी

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । यस्तै अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् । त्यस्तै यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो […]

रास्वपाका उम्मेदवार शिशिर खनाल काठमाडौँ–६ बाट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गरेका छन्। त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत […]

काङ्ग्रेसका योगेश गौचनले मुस्ताङबाट खोले जितको खाता

कास्की । नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली काङ्ग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् । […]

रास्वपाका उम्मेदवार रञ्जु दर्शना काठमाडौँ–१ बाट विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । त्यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत […]

दाङमा कुल २ लाख ३१ हजार बढी मतदान

दाङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङमा कुल ५८.३३ प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय लुम्बिनीले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाभर कुल ४ लाख ३१ हजार ६८६ मतदातामध्ये २ लाख ५१ हजार ८१९ मत खसेको छ । तथ्यांकअनुसार दाङ क्षेत्र नं. १ मा कुल १ लाख ४० हजार १ मतदातामध्ये ८० हजार […]

चितवनमा निर्वाचन गतिविधि गर्ने नेकपा बहुमतका दुई कार्यकर्ता पक्राउ

चितवन । चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा बहुमतका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर -१० मा रहेको नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै धादिङ गल्छी गाउँपालिका-१ घर भई हाल चितवन भरतपुर महानगर-७ बस्ने नेकपा बहुमतका सेक्रेटरी […]

बैतडीमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा काँग्रेसका भट्ट पक्राउ

बैतडी । निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँडिरहेको आशंकामा बैतडीमा एक जना पक्राउ परेका छन् । बैतडीको दोगडा केदार गाउँपालिका क्षेत्रबाट नेपाली काँग्रेसका ५२ वर्षीय भानदेव भट्टलाई नगदसहित नियन्त्रणमा लिइएको हो । स्थानीय बासिन्दाको सूचनाका आधारमा पुगेको शस्त्र प्रहरीको गस्ती टोलीले शंकास्पद गतिविधि देखेपछि भट्टलाई पक्राउ गरी खोचलेक प्रहरी चौकी बुझाएको थियो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]