
Ksb
Ssb
Rks
Ksb
Rsb
Bsn
Fmb
Tgp
Usb
Csb
jsb
Ppu
Gsb
Ssb
Ksb
Nsb
दाङ । देउखुरीको गढवा गाउँपालिकाले गापाभित्रका सरोकारवालाको संयुक्त उपस्थितिमा कोभिडबाट बच्न र बचाउनकालागी ४ वटा प्रस्तावहरुमाथी व्यापक छलफल पश्चात् निर्णय समेत गरेको छ। गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा आज बसेको बैठकमा सम्पुर्ण वडाका वडा अध्यक्षहरु, राजनितिक दल,स्थानिय बुद्दिजिवी,शिक्षणसस्था प्रतिनिधि,अन्य संघसस्था प्रतिनिधि लगायतको सर्वपक्षिय उपस्थिती रहेको थियो। उक्त बैठकले विद्यालय संचालन गर्दा,यातायात संचालन गर्दा निकै सावधानीपुर्वक […]
दाङ । कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिकाका १५ वर्षीय बिधान आचार्यको मृत्यु भएको छ । आचार्यको बैशाख ८ गते भैरहवा मेडिकल कलेजमा पिसिआर चेक गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यस्तै आचार्यमा अत्याधिक ज्वरो देखिएपछि उपचारका लागि भैरहवा लगिएको थियो । उपचारको क्रममा उनको […]
दाङ । देउखुरीको लमही चेम्बर अफ कमर्स लमहीले दोस्रो चरणमा बढ्दै गइरहेकाे शक्तिसाली काेराेना भाइरस सङ्क्रमणबाट सुरक्षित हुनका लागि स्वास्थ्य मापदण्ड अपनाउन सम्पुर्णमा अपील गरेकाे छ ।काेभिड १९ काे सङ्क्रमण दिनानुदिन बढ्दै गइरहेकाे बेला लमही बजारको गोलघर अगाडि पैदल यात्रुलाई नि:शुल्क मास्क बितरण गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले सम्पूर्ण व्यावसायीहरू तथा आम नागरिकलाई […]
दाङ । गढवा गाउँपालिका पशुसेवा शाखाले गढवाका सबै वडाहरुमा किसानहरुलाई निशुल्क घाँसको बिउ वितरणको काम सुरु गरेको छ । बिहिवार गढवाको वडा नं. ६ बाट मकैचरी नामको उननत बर्षे घाँस वितरण सुरु गरिएको र क्रमश सबै वडाहरुमा वितरण गरिने पशु बिकास शाखाका प्रमुख अनन्तराज रेग्मीले जानकारी दिएका छन् । यसैगरी गढवा गाउँपालिका वडा नं. ६ […]
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापका अनुसार पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने भएको छ । त्यस्तै पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजा बाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट […]
एजेन्सी । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को सङ्क्रमित संख्या तीन लाख १४ हजार ८३५ जना थपिएपछि कुल सङ्क्रमितको संख्या एक करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ । सोही अवधीमा भारतमा कोरोनाबाट २ हजार १०४ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ८४ हजार […]
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन जना संक्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा […]
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एसएलसीको नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर बनेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्युरो प्रमुख सहकुलबहादुर थापाका अनुसार उनीहरुमध्ये चार जना नेपाल मेडिकल काउन्सिलमा ‘रजिस्टर्ड’ डाक्टर हुन् । थापाका अनुसार काउन्सिलमा दर्ता भएका डाक्टर मध्ये सप्तरीका मोहमद सिद्दिक बिराटनगरको न्यूरो अस्पताल, महोत्तरीका सुभासप्रसाद शाह […]
दाङ । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगतको आबस्यकता हुने गर्दछ । त्यसैले रगतको अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिबसको अवसरमा दाङको लमहीमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लमही नगरपालिका वडा नम्बर ४ मा रहेको नेपाल रेड्क्रस सोसाइटी […]