गणेश आचार्य आइतबार, जेठ ०२, २०७८

दाङ । कोरोना भाइरस (कोभिड-१९) पछिल्लो समय केन्द्र,प्रदेश,जिल्ला,पालिका हुँदै प्रत्येक बस्ती र घर घरमा पुगिसकेकोले यो महामारीसंग कसरी बच्न सकिन्छ,अबको विकल्प के हो ? कसरी बच्ने र कसरी बचाउने भन्ने विषयमा राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला दाङका अध्यक्ष गणेश आचार्यले अनुरोध सहित आम नागरिक माझ दिएको जनचेतनामूलक सन्देश आजको सिधापत्र डटकम अनलाइन पत्रीकामा ।सम्पुर्ण आमा- बुवा, दाजुभाइ तथा दीदीबहिनीहरुमा नमस्कार !

अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस एसियाका देशहरूमा बिकराल बन्दै छ । त्यसमा पनि भारत र नेपालमा भएको संक्रमणले हामीलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । अघिल्लो बर्ष नेपालमा चिनबाट आएको एक जना मान्छेलाई संक्रमण हुँदा हामी देश भरीका मानिसहरु सचेत र साबधान भएका थियोे । पछि क्रमश अर्को जना , अर्को प्रदेश,अर्को जिल्ला,अर्को पालिका,अर्को वाडा,अर्को टोल,अर्को घर हुँदै अहिले घर घरमा कोभिडको संक्रमण पुगेको छ । तर हामी गम्भीर भैराखेको अबस्था छैन । हामी अहिले पनि स्वास्थ्य मापदण्डमा पछाडी छौ । सरसफाइ गर्दैनौ,एक पटक लगाएर फुकालेपछी अर्को पटक लगाउदा सुरक्षा गर्न नसक्ने सर्जिकल मास्क हप्तौं सम्म लगाउछौ ।
स्यानिटाइजर लगाउने र पटक पटक हात धुने कुरामा अल्छि गर्छौ ।

हाम्रो पुरानो बुझाइ छ,बिरामी त होइन सामान्य रुघाखोकी लागेको हो ” भन्ने । अहिले त्यही सामान्य रुघाखोकी नै कोभिड हुन सक्छ । सामान्य भनेर हेपेको रोगले अन्त्यमा उपचार नै गर्न नपाएर ज्यान लिन सक्छ । कोभिडको उपचारको लागि औसधिको साथमा भेन्टिलेटर,आइसियु र अक्सिजन अत्याबस्यक हुन । तर हामीसंग यी सबै चिजको अभाब छ । हामीसंग आर्थिक श्रोत नै छैन । जो संग आर्थिक श्रोत छ उसले पनि खरिद गरौ भन्दा पनि पाउदिन । अहिलेको संक्रमणको रेसियोलाइ हेर्दा हामिले भारतलाई पनि उछिनेका छौ । किन यसरी संक्रमण बढिराखेको छ ? यो विषय सरकार गम्भीर बन्न र अध्ययन गरि समाधानको बाटो खोज्न जरुरी छ । नेपाल र भारतमा पछिल्लो समयमा ठुला ठुला जमघटका कार्यक्रमहरु भए । भारतमा किसान आन्दोलन,कुम्भ मेला ठाउँ ठाउँका चुनाब । नेपालमा नेकपाको बिभाजन र संसद विघटन पछी ठुला ठुला प्रतिस्पर्धात्मक जमघटहरु भए ।

यसले पनि संक्रमण फैलाउनको लागि मुख्य भुमिका खेल्यो भन्ने लाग्दछ । अहिले हाम्रो जिल्ला विशेष संकटमा छ । हामिले जिम्मेवारी पुर्बक यो संकटको समाधान गर्नु छ । त्यसको लागि सबै भन्दा ठूलो , सस्तो र उपयुक्त उपाय भनेकै नागरिकको सचेतना नै हो । हामीले जसरी पनि ब्यक्तिगत दुरी मिलाउनै पर्छ । स्यानिटाइजर प्रयोग गर्नै पर्छ । हरेक नयाँ काम र नयाँ बस्तुलाइ छोएपछि साबुन पानीले हात धुनै पर्छ । सामान्य रुघाखोकी र लक्ष्यण देखियो भने सके पिसिआर नै गर्ने नभए स्वास्थ्यकर्मी वा चिकित्सक लाई देखाएर औसधि सेबन गर्नै पर्छ । इमर्जेन्सी काम बाहेक घर बाहिर निस्कनै हुदैन । टोल टोलले आफ्नो टोल सुरक्षाको योजना बनाउनै पर्छ । वाड र पालिकाले पिसिआर र उपचारको ब्यबस्था सहित अक्सिजन सहितको आइसोलेशन राख्नै पर्छ ।

त्यस्तै सबै राजनीतिक पार्टी,सामाजिक संघ संस्था र सचेत नागरिकले आ-आफ्नो ठाउँमा स्वास्थ्य मापदण्ड लागू गर्नको लागि नागरिक सचेतनाको काम गर्नै पर्छ । कोही पनि हतोत्साहित हुनु हुँदैन तर गैरजिम्मेवार हुनु पनि हुँदैन । सबै पालिकाका स्वास्थ्यकर्मीलाई विशेष सुरक्षा र सुबिधाका साथ स्थानीयरुपमा स्वास्थ्य सहजीकरण र सचेतनाको लागि परिचालन गर्नुपर्छ । जिल्ला स्तरमा स्वास्थ्य बिग्य टिम बनाएर अध्ययन र अनुगमन गर्नु पर्छ । सबै आ-आफ्नो ठाँउमा लागौ कोरोना हामी सजिलै जित्छौ । भद्रगोल,अस्तब्यस्तता र स्वार्थ केन्द्रित काम गराइले आफैलाइ खानेछ । हस्त धन्यवाद

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]