
Lnp
Gfs
Rgp1
Rgp
Unsku
Pes
Djs
Ggp
cjs
sbs
pku
Sgr
Pbu
Srbpu

Asm
Ssm
Wsp
Rgu
Rgs
Bbu
Sls
Ksm
Pvg
Hal
Rgu
Bbbpu
Gst
Ggd
Vor
Rsb
Tsm
nsb
Sbs

Bml
Rpp
Jmb
Rmb
Pls
Syp
Ptm
Jmb
sab
bbt
Mks
Gsb
Abd
काठमाडौं । थप देशभर कोरोना भाइरसको संक्रमणबाट १ सय ८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ५ हजार ४५५ सहित हालसम्म ३ लाख ३३ हजार १०८ जना निको भएका छन् ।
हाल देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७४० जना रहेका छन् । जसमध्ये होम आइसोलेसनमा १ लाख १ हजार ७७१ जना छन् भने ७ हजार ९६९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १ हजार ३३१ जनाको आईसीयू र ३७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । साभार अनलाइन खबर
