Sidha Patra आइतबार, जेठ ०२, २०७८

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ७७ कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ४६ लाख ८४ हजार नाघेको छ भने अहिलेसम्म कोरोनाको कारण २ लाख ७० हजार २८४ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ लाख १८ हजारभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा भारतको कर्नाटकमा सबैभन्दा बढी ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा ३४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तामिलनाडुमा नयाँ संक्रमितको संख्या ३३ हजारभन्दा बढी छ भने केरलामा ३२ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । भारतमा अहिलेसम्म १८ करोड २२ लाख २० हजार डोजभन्दा बढी कोरोना खोप मानिसहरुलाई दिइसकिएको छ । साभार अनलाइन खबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]