नक्कली मोबिल बनाइ बिक्री वितरण गर्ने २ जना व्यक्ति पक्राउ

रौतहट । रौतहट प्रहरीले नक्कली मोबिल बनाइ विक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका–९ का २८ वर्षीय राणा रौशन सिंह र ४२ वर्षीय हरेन्द्र कुमार सिंहलाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ । त्यस्तै उनीहरुले झुक्यानमा पारेर क्यास्ट्रोल, बजाज, हिरोहोण्डालगायत कम्पनीहरुको लोगो प्रयोग गरी उक्त कम्पनीहरुको मोबिल तथा पार्टसहरु भण्डारण गरी […]

कोरोना संक्रमणका कारण बाजुरामा एकको मृत्यु

बाजुरा । कोरोना संक्रमणको तेस्रो लहर फैलिएसँगै बाजुरामा एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेका अनुसार कोरोना संक्रमणका कारण जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढाको मृत्यु भएको हो । यस्तै उनका अनुसार उपचारका लागि भारतमा गएका बुढाको गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण पुष्टि भएको थियो […]

मेडिकल कलेजका संचालक शर्मालाई ‘नमस्कार सर’ भन्दै दलियो कालोमोसो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सञ्चालक शर्मालाई कालोमोसो दलेको हो । विद्यार्थीहरुसँग अतिरिक्त शूल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका अनेरास्ववियूका नेता महेश श्रेष्ठ र स्थायी कमिटी […]

दाङमा स्मार्ट लकडाउन गर्ने निर्णय

दाङ । दाङमा स्मार्ट लकडाउन गर्ने निर्णय भएको छ । बिहीबार आज प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढेको भन्दै जिल्लामा स्मार्ट लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो । त्यस्तै दाङमा स्मार्ट लकडाउन अन्तरगत होटल, रेष्टुरेण्ट, पार्टि प्यालेसहरु साझ ७ […]

बाँके जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्यो

नेपालगञ्ज । नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ । पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना संक्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति […]

घोराही १४ मा रहेका सहिद तथा वेपत्ता परिवारको नि:शुल्क स्वास्थ्य बिमा गराउँन सुरु

दाङ । स्थानीय निकायले जनयुद्ध,जनआन्दोलनका सहिद तथा वेपत्ता परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने काम सुरु गरेका छन् । बिमा गर्ने काम घोराही उपमहानगरपालिको वडा नं. १४ र १७ मा सुरु भएको हो । आर्थिक बर्ष २०७८÷०८९ मा यी वडाहरुले बजेट व्यवस्थापन गरी उनिहरुको स्वास्थ्य विमा सुरु गरेको घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम […]

कुुपोषण मुुक्त व्यक्ति बनाउने विषयमा समिक्षा

दाङ । दाङका स्वास्थ्य संस्थाहरुवाट संचालित शीघ्र कुपोषण व्यवस्थापन कार्यक्रम बहिरंग उपचार केन्द्र ओटिसीको प्रगति समिक्षा गरिएको छ । सुआहारा, बेस दाङ र युएसएआइडीको आर्थिक सहयोग एवं स्वास्थ्य कार्यलय दाङको आयोजनामा दाङका १७ ओटा बहिरंग उपचार केन्द्रको समिक्षा गरिएको हो । जिल्लाका १० ओटा स्थानिय तहलाई दुईवटा समूहमा विभाजन गरेर संचालन गरिएको समिक्षा कार्यक्रममा हालसम्म […]

लायन्स कल्ब अफ कृष्णनगरद्वारा नि: शुल्क आँखा जाँच शिविर सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघ कृष्णनगरको हलमा लायन्स कल्ब अफ कृष्णनगरले नि:शुल्क आँखा शिविर लायन्स कल्ब अफ कृष्णनगर अध्यक्ष श्याम कुमार मिश्रको अध्यक्षतामा कार्यक्रम गरेको छ । जस्को सह आयोजकमा लुम्बिनी आई इन्स्टिट्यूट श्री रणम्बिका शाह आँखा अस्पताल शाखा कृष्णनगरको संयुक्त आयोजना रहेको थियो । कार्यक्रमका प्रमुख […]

तुलसीपुरमा थप आज ११ जनामा कोरोना संक्रमण पुुष्टि

दाङ । तुलसीपुर क्षेत्रमा आज थप ११ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । ३० जनाको एन्टीजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो । एक साताको बिचमा तुुलसीपुर क्षेत्रमा एक सय १७ जनामा संक्रमण देखिएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुु भएको छ । त्यस्तै कोरोना संक्रमण बढ्दै गएपछि तुुलसीपुर क्षेत्रका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]