
Ggp
Ksbus
Ggp
Sdc
Msbus
Rgp
Asbus
Lnp
Ksbus
अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी थालेको छ । सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडानसम्मका काम तीव्र गतिमा अघि बढिरहेका छन् । सेवा सुरु भएपछि जिल्लाका एक सयभन्दा बढी मृगौला रोगीले आफ्नै जिल्लाबाट नियमित डायलासिस सेवा प्राप्त गर्नेछन् । अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीका अनुसार डायलासिस सेवाका […]
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको छनोट,सिफारिस र नियुक्ति प्रक्रियालाई थप निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको बताएकी छन् । राष्ट्रिय सभामा शनिवार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मसुरियास्थित गाउँपालिका सभाहलमा आयोजित कार्यक्रममा पालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूमा प्रदान गरिने सेवाको गुणस्तर अभिवृद्धि गर्ने, सेवाप्रवाहलाई प्रभावकारी बनाउने तथा न्यूनतम सेवा मापदण्ड कार्यान्वयनका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो । […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा समुदायस्तरमा देखापर्ने सरुवा तथा नसर्ने रोगहरूको समयमै पहिचान, सूचना संकलन तथा सम्बन्धित निकायमा प्रतिवेदन गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्य आयोजना गरिएको हाे । अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले कुपोषित बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले पोषण सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गर्दै सहभागी बालबालिकाका लागि अण्डा वितरण गरेको छ । आइतबार गढवा गाउँपालिकाको आयोजनामा गढवा स्वास्थ्य चौकीको तथ्याङ्क अनुसार कुपोषित बालबालिका तथा उनीहरूका अभिभावकको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बालबालिकाको सन्तुलित आहार, सरसफाइ,नियमित स्वास्थ्य परीक्षण तथा पोषणयुक्त […]
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षमा ‘ट्र्याज प्रणाली’ लागू गरेको छ । यस प्रणालीले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्य राखेको अस्पताल प्रशासनले जनाएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विष्णुप्रसाद गौतमका अनुसार हाल अस्पतालमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म सेवाग्राही उपचार तथा स्वास्थ्य […]
दाङ । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा तुलसीपुरमा विद्यार्थी लक्षित लागू औषधविरुद्ध सचेतनामूलक सम्बन्धि कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । “लागू औषध चुनौती चिनौँ, सामाजिक बाटो खोजौँ” भन्ने नारासहित तुलसीपुर बहुप्राविधिक शिक्षालयको आयोजना तथा तुलसीपुर–१९ स्थित नयाँ पाइला पुनर्स्थापना केन्द्रको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीलाई लागू औषधको दुरुपयोगका […]
दाङ । बाह्रौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दाङको लमहीमा विशेष योग कार्यक्रम सम्पन्न भएको छ । पतञ्जली योग नगर समिति लमहीको आयोजनामा सम्पन्न कार्यक्रममा योग साधक, स्वास्थ्यप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले योगले मानिसलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रुपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ लाई सफा,स्वच्छ र प्लास्टिकमुक्त वडा बनाउने उद्देश्यसहित टोल–टोलमा सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । सोही अभियान अन्तर्गत वडा नं. ३ को ६५ नं., बसन्तपुर, खुरूरीया, मसुरिया ठुलो गल्ली, प्रगतिनगर टोल र सिरिचाैर मसुरियामा सरसफाइ सम्बन्धी जनचेतनामूलक भिडियो प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । […]