राजपुरको भैसहवामा नि:शुल्क आँखा जाँच,३५ जनामा मोतिविन्दु

दाङ । देउखुरीको राजपुरमा नि:शुल्क आँखा जाँच कार्यक्रम मंगलबार सम्पन्न भएको छ । लमही आँखा अस्पतालको प्राविधिक सहयोग एन.ए.बी.पी नर्वेको आर्थिक सहयोगमा राजपुर गाउँपालिका वडा नम्बर ३ भाैसहवामा निःशुल्क आँखा जाँच कार्यक्रम भएको हो । उक्त कार्यक्रममा १ सय ५५ जानको आँखा जाँच गरिएकोमा ३५ जनालाई मोतिविन्दु र ६ जना अन्य विरामीहरु फेला परेको अस्पतालले […]

सरकार र चिकित्सकबीच पाँच बुँदे सहमतिपछि तत्काललाई आन्दोलन स्थगित

काठमाडौं । स्वास्थ्यकर्मी माथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि आज सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएको छ । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय,गृह मन्त्रालय,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी […]

राप्तीमा जेष्ठ नागरिकलाई निःशुल्क उपचार,लक्षित वर्गलाई एम्बुलेन्स पनि निःशुल्क

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालले ७० वर्षमाथिका जेष्ठ नागरिक तथा असहाय–बेसहारा नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य सेवामा आर्थिक अवस्था बाधक नबनोस् भन्ने उद्देश्यले अस्पतालले चिकित्सकको परामर्श, स्वास्थ्य परीक्षण,आवश्यक औषधि र आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको जनाएको छ । राप्ती आधारभूत अस्पतालका मेडिकल […]

सरकारद्वारा ६ महिना तलबी प्रसूति बिदाको प्रस्ताव,ऐन संशोधनको तयारी

काठमाडौं । नेपाल सरकारले सुत्केरी महिलाले पाउने तलबी प्रसूति बिदा बढाएर ६ महिना पुर्‍याउने प्रस्ताव अघि सारेको छ । त्यस्तै,हाल सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलाले कम्तीमा ९८ दिन तलबसहितको प्रसूति बिदा पाउँदै आएका छन् । ऐन संशोधनका लागि तयार पारिएको विधेयकमा दफा १३ को […]

आज देशभरका अस्पतालहरुमा ओपिडी बन्द,आकस्मिक सेवामात्रै सञ्चालन

काठमाडौं । आज नेपाल चिकित्सक संघले देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ । मंगलबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो । योसँगै आज अस्पतालमा ओपिडी सेवा पनि बन्द हुने भएको छ । साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक […]

स्थानीयद्वारा राप्ती प्रादेशिक अस्पतालको जग्गा पुनःनापजाँच गर्न माग

दाङ । राप्ती प्रादेशिक अस्पताल,तुलसीपुरले केही दिन अघि गरेको जग्गा नापजाँच पछि सार्वजनिक भएको प्रतिवेदनप्रति स्थानीयले आपत्ति जनाएका छन् । अस्पतालको तीन वटा कित्तामा ४३ वटा घरहरु बनेको नापी टोलीले प्रतिवेदन बनाएको छ । तर, यो नापजाँच बैज्ञानिक नभएको भन्दै टोटल स्टेसन र म्यान प्वाइन्ट को प्रयोग गरी दक्ष तथा विज्ञ अमिनहरूको टोलीमार्फत जग्गा नापजाँच […]

सरकारद्वारा शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क लागू नगर्ने निर्णय

काठमाडौँ । नेपाल सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हालका लागि लागू नगर्ने निर्णय गरेको मंगलबार फेसबुकमार्फत जानकारी गराएका हुन् । त्यस्तै,शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन गर्दा आमनागरिकले […]

गढवा उद्योग बाणिज्य संघद्वारा रक्तदान गरिदै

दाङ । गढवा उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसरमा २०८३ साल साउन ५ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । गढवा बजार मुख्य चोकमा बिहान ८:३० बजेदेखि सञ्चालन हुने उक्त कार्यक्रममा संघले उद्योगी, व्यवसायी,युवा, समाजसेवी तथा स्वस्थ नागरिकहरूलाई सहभागी भई रक्तदान गर्न हार्दिक अनुरोध गरेको छ । “हामीले गरेको रक्तदानले कसैको जीवन […]

गुरुकुल एकेडेमी लमहीमा संजीवनि अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दाङ । गुरुकुल एकेडेमी लमहीले आफ्ना विद्यार्थी तथा अभिभावकहरूको स्वास्थ्यप्रति विशेष चासो राख्दै निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम बुधबार सम्पन्न गरेको छ । विद्यालय र संजीवनी शिक्षण अस्पताल, घोराहीको संयुक्त सहकार्यमा आयोजित उक्त शिविरमा ३०० भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन् । विद्यालयमा आयोजित शिविरमा बालरोग विशेषज्ञ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]