राजपुरमा झाडापखालाका कारण एककाे मृत्युु,१७ जना विरामी,तीनजनाको अवस्था गम्भीर

दाङ । नेपाल भारत सीमाक्षेत्र राजपुर गाउँपालिकामा झाडापखालाबाट एकजनाको मृत्युु भएको छ भने अन्य १७ जना बिरामी भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था भने गम्भीर रहेको छ । झाडापखाला फैलिएको खबरपछि गाउँपालिकाले शुक्रबार पालिकाका स्वास्थ्य टोली खटाइसकेको र आफू पनि प्रकोपस्थलमै रहेको गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले जानकारी दिएका छन् । झाडापखालाबाट राजपुर गाउँपालिका वडा […]

स्थापना दिवसमा नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा रक्तदान

दाङ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थाकाे २९ औं स्थापना दिवसकाे अवसरमा रक्तदान कार्यक्रम गरेकाे छ । संस्थाकि उपाध्यक्ष विष्णु गिरीकाे अध्यक्षता तथा संस्थाका कानुनी सल्लाहकार सुष्मा गाैतमकाे प्रमुख आतिथ्य एवम् संस्थाका संस्थापक अध्यक्ष बिमला याेगीकाे विशिष्ट आतिथ्यमा आज कार्यक्रम गरि रक्तदान गरिएको हाे । साे अवसरमा २० जनाले रक्तदान गर्नुभयाे । स्थापना दिवसमा […]

दाङमा बढ्दै क्षयरोगका बिरामी

दाङ । दाङमा क्षयरोगका बिरामीहरु बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार गएको आर्थिक वर्ष २०७८/७९ मा मात्रै १ हजार ४४३ जनामा क्षयरोग संक्रमण देखिएको थियो । यो संख्या गएका अन्य आर्थिक वर्षको तुलनामा भन्दा बढी हो । अहिले जिल्लामा क्षयरोगको जाँच बढाएकाले पनि बिरामीको संख्या बढी देखिएको स्वास्थ्य कार्यालय दाङका क्षयकुष्ट रोग अधिकृत […]

निर्माणाधिन १५ शैयाको अस्पताल भवन पालिका अध्यक्ष पोख्रेलद्वारा अवलोकन

दाङ । देउखुरीको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा (पोख्रेल) विश्वासले गढवामा निर्माणाधिन १५ शैयाको अस्पताल भवनक्क स्थलगत अवलोकन गर्नु भएको छ । पुरानो संरचना भत्काएर १५ सैयाको नयाँ भवन निर्माण भैरहेको छ । भवन निर्माण कार्य सुरु भएदेखी स्वास्थ्य चौकीले दिदै आएको सम्पुर्ण आकस्मिक सेवाहरु बन्द भएको छ। अहिले एउटै भवनको विभिन्न कोठामा सिमित रही […]

चीनमा जनावरबाट मानिसमा सर्ने नयाँ भाइरसको संक्रमण,सजग रहन आग्रह

काठमाडौं । चीनमा जनावरबाट मानिसमा सर्ने एक भाइरस पुष्टि भएको छ । ३५ जना मानिसमा संक्रमण पुष्टि भइसकेको यो भाइरसलाई निगरानीमा राखेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् । चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अन्त्य नहुँदै चीनकै हेनान र साङदोङ प्रान्तमा नोबल लाङ्ग्या हेनिपा भाइरस (लेभी) पुष्टि भएको हो । लेभी जुनोटिक भाइरस हो । […]

राजपुरको बेला स्वास्थ्य चौकीमा पेट बाहिर आन्द्रा निस्किएको एक शिशुको जन्म

दाङ । देउखुरीमा पेट बाहिर आन्द्रा निस्किएको बच्चाको जन्म भएको छ । राजपुर गाउँपालिका-३ स्थित बेला स्वास्थ्य चौकीमा १८ बर्षिया अन्तिमा परियारले पहिलो सन्तानको रुपमा जन्माएको शिशुको आन्द्रा पेट बाहिर निस्किएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको थियो । तर, आर्थिक अवस्था कमजोर भएका कारण अस्पताल नलगी घर लगेको बेला स्वास्थ्य चौकीकी […]

सर्पदंश उपचार सेवा प्रभावकारी बन्दै,अलमल नगरेर उपचारको लागि अस्पताल पुग्न सुझाव

दाङ । दाङ जिल्लामा प्रत्येक वर्ष वर्षातको समयमा सर्पदंशका कारण मानिसहरुले अकालमै ज्यान गुमाउने गरेका छन् । सर्पदंशको प्राथमिक उपचार र लक्षण बारे सामान्य ज्ञान नराख्दा तथा छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा बिरामीलाई नपुर्याउदा सर्पदंशका कारण मृत्यु हुने गरेको छ। देउखुरी सर्पदंशको जोखिम क्षेत्र मानिन्छ । अरु समय भन्दा वर्षातको समयमा सर्पहरु बाट […]

देशभर पछिल्लो २४ घन्टामा ५ सय बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी […]

तुलसीपुर `क´ लाइनमा पनि बिआर डेन्टर हस्पिटलकाे नयाँ शाखा

दाङ । तुलसीपुरबाट सेवा दिंदै आएको बि.आर.डेन्टल हस्पिटलले नयाँ व्यवस्थापनका साथ शाखा विस्तार गरेको छ । लामो समय देखी तुलसीपुरको “ङ” लाईनबाट सेवा दिंदै आएको हस्पिटलले तुलसीपुरको “क” लाईनमा शाखा विस्तार गरेको हो । हस्पिटलको बिहिवार एक औपचारीक कार्यक्रमका बिच तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उद्धघाटन गर्नु भएको हो । सो अवसरमा चालिसेले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]