इराधा झाक्री मगर बुधबार, मंसिर १२, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा नि:शुल्क आँखा शिविर कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी ऐरावती आदर्श बहमुखी क्याम्पस मुल इकाई समितिको आयोजना तथा तिलगंगा सर्जिकल आँखा केन्द्रको प्राविधिक सहयोगमा ”निःशुल्क आँखा शिविर” कार्यक्रम सम्पन्न भएको हो ।

इकाई समिति संयोजक करिश्मा आचार्यको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सुरु भएको शिविर कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष पहलमान चौधरीको,क्याम्पस सञ्चालक समितिको अध्यक्ष केशवराज खनाल,क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली,क्याम्पस स्व वि यु सभापति विष्णु भण्डारी (संगीता),सञ्चालक समितिका सदस्य रमेश गुरुङको उपस्थिति पनि रहेको थियो ।

शिविर कार्यक्रममा तिलगंगा सर्जिकल आँखा केन्द्रको इन्चार्ज डा.बिमल बुढा क्षेत्रीले आँखाको महत्त्वपूर्ण अङ्गको बारेमा कार्यक्रममा सहभागी सम्पूर्णलाई जानकारी गराएका थिए ।

यसैगरी अखिल (क्रान्तिकारी)दाङ जिल्ला सहसचिव विनोद कुमार सोनीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) दाङ जिल्ला सदस्य एवं क्याम्पस स्ववियु कोषाध्यक्ष टिकाराम राउतले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]