
Unsku
Rgp1
Gfs
Ggp
Srbpu
Sgr
Djs
Pes
Rgp
Lnp
sbs
cjs
pku
Pbu

Asm
Bbu
Rgs
Tsm
Ssm
Ggd
Ksm
Hal
nsb
Rgu
Pvg
Bbbpu
Vor
Wsp
Sls
Sbs
Rsb
Gst
Rgu

Jmb
sab
bbt
Rmb
Bml
Mks
Gsb
Syp
Abd
Pls
Rpp
Jmb
Ptm
दाङ । गुरुकुल एकेडेमी घोराइमा लागू औषध दुर्वेशन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । गुरुकुल एकेडेमी घोराहिको आयोजनामा गुरुकुल एकेडेमीका प्लस टुका विद्यार्थीहरूलाई लागू औषध दुर्ब्यशनका विरुद्ध सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । लागू औषध दुर्ब्यशन विरुद्ध सचेतना कार्यक्रममा गुरुकुल एकेडेमीका प्लस टुका विद्यार्थीहरू सहभागी भएका थिए ।
त्यस्तै लागू औषध दुर्ब्यशन विरुद्ध सचेतना कार्यक्रममा लागू औषध भनेको के हो ? लागू औसत प्रयोग कसरी हुन्छ लागू औषध प्रयोग भएपछि यसले कस्तो असर पार्छ र मानिसहरूको जीवनमा कस्तो प्रतिकूल अवस्था भन्ने विषयमा प्रशिक्षण दिईएकाे हाे । राइजिङ पुन:स्थापना केन्द्र घोराई १७ चाैघेरा दाङका प्रतिनिधि अभिषेक बुढाले लागू औषध बेचबिखन गर्नु एउटा अपराध भएको र लागु औषध बेचबिखन गर्दा अन्य मानिसहरूको जीवनमा पनि प्रतिकुल असर पर्ने र यसलाई कानुनले समेत अपराधको दृष्टिकोणले हेर्ने हुँदा कानुनमा लागू औषध बेचबिखन र ओसारपसार गर्दा के कस्तो सजाय हुन्छ र कसरी यसलाई अपराध मानिन्छ भन्ने विषयमा पनि जानकारी गराएका थिए ।
यस्तै पुनर्स्थापना केन्द्र सञ्चालनको लामो अनुभव राख्नु भएका राइजिङ पुनर्स्थापना केन्द्र घोराहि १७ चौघेराका प्रतिनिधि अभिषेक बुढाले लागू औसतकाे लतबाट बच्न निकै महत्वपूर्ण टिप्सहरु पनि विद्यार्थीहरुलाई प्रदान गरेका थिए । यद्यपि लागू औषधमा फस्नुभन्दा पहिला आफू सजग रहन पनि विद्यार्थीहरुलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा विज्ञान विषयका विद्यार्थीहरूलाई विज्ञानसम्बन्धी पढेर सफलता हासिल गर्नको लागि एक कार्यक्रमका बीच डाक्टरहरुले सुझाव समेत दिएका छन् । कार्यक्रमको प्रशिक्षक समेत रहेका बुद्ध हस्पिटलमा कार्यरत बाल रोग विशेषज्ञ डाक्टर अनि दनाईले आफूले विज्ञान पढेर भएका सफलताहरुको बारेमा सुनाउँदै आगामी दिनमा डाक्टर बन्नको लागि पनि सुझाव दिएका थिए ।
स्वास्थ्य क्षेत्रको विषयमा महत्त्वपूर्ण जानकारी गराउँदै डाक्टर दनाइले डाक्टर बन्नको लागि निकै मेहनत र कडा परिश्रम गर्नुपर्ने बताएका थिए । बायोलोजी, फिजियोलोजी, साइकोलोजी लगायतका कुराहरु बुझेर मात्रै अगाडि बढ्नु पर्ने र डाक्टर पेशामा सफलता हासिल गर्न सक्ने बताएका थिए ।
कार्यक्रममा इएनटी सर्जन डाक्टर प्रज्वल शर्मा पनि उपस्थित रहेका थिए ।
गुरुकुल एकेडेमी घोराइ दाङका प्रधानाध्यापक डा. कृष्णराज डिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्लस टु संयोजक राजन अधिकारीले विद्यालयको विषयमा जानकारी गराएका थिए । लागू औषध दुर्वेसन सम्बन्धी सचेतना कार्यक्रममा व्यवस्थापन विषयका विद्यार्थीहरू सहभागी भएका थिए भने स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रममा विज्ञान विषयका विद्यार्थीहरु सहभागी भएकाे प्लस टु संयोजक राजन अधिकारीले जानकारी दिए । विद्यालयको वार्षिक क्यालेण्डर अनुसार कार्यक्रम गरिएको पनि विद्यालयका प्लस टु संयोजक अधिकारीले जानकारी दिए ।
