आलोक भाबुक/गढवा सोमबार, पुष ०१, २०८१

दाङ । गढवामा सन्तानको रहर पुगेका दम्पतीहरुको लागि स्थायी बन्ध्याकरण महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुको लागि भ्यासेक्टोमी नि:शुल्क शिविर सोमबार सम्पन्न भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा सुनौलो परिवार नेपाल/मेरिस्टोप्स इन्टरनेशनलको समन्वय तथा सहकार्यामा एक दिने निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन भएको हो ।

गढवा गाउँपालिका वडा नम्बर ६ गढवा स्थित गढवा स्वास्थ्य चौकीमा सञ्चालन भएको निःशुल्क स्थायी बन्ध्याकरण शिविरमा सन्तानको रहर पुगेका १२ जना महिलाहरुले मिनिल्याप सेवा लिएको परिवार नियोजन फोकल पर्शन(पहेन) रिता न्यौपानेले जानकारी दिइन् ।

संख्यात्मक रुपमा कम जस्तो देखिएपनि परिवार नियोजनका अन्य उपाय र स्थायी बन्ध्याकरण गर्नेको संख्या सन्तोषजनक नै रहेको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए । स्वास्थ्य कार्यालयले गत मङ्सिर २८ गतेदेखि पौष १२ गतेसम्म १० जिल्लाका स्थानमा निःशुल्क रुपमा पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्याप स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालन गरेको जनाएको छ।

स्वास्थ्य कार्यालयको आयोजना र नेपाल परिवार नियोजन संघ नेपालगन्जको प्राविधिक सहयोगमा जिल्लाका विभिन्न स्थानमा परिवार नियोजन सेवाको निःशुल्क स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । सन्तानको रहर पूरा भएका जोसुकै नागरिकले स्थायी बन्ध्याकरण गर्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]