प्रिया स्मृती गजमेर/लमही मंगलबार, मंसिर २५, २०८१

दाङ । लमहीमा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन बालबालिकाको पाखुराको नाप लिने अभियान सुरु गरिएको छ ।

यो अभियान सोमबार लमही नगरपालिकामा रहेका स्वास्थ्य संस्थाबाट सुरु भएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्था जाँच गरिनेछ । हेलन केयरको सहयोगमा वेस ( ब्याक वार्ड सोसाइटी एजुकेशन ) द्वारा सञ्चालित ‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो ।

त्यस्तै बालबालिकाको पाखुराको बिच भागको परिधी मापन गरेर कुपोषणको अवस्था वर्गीकरण गरिन्छ । ५.५ सेन्टिमिटरदेखि ११.५ सेन्टिमिटर: कडा कुपोषण (रातो चिन्ह) , ११.५ सेन्टिमिटरदेखि १२.५ सेन्टिमिटर: मध्यम कुपोषण (पहेलो चिन्ह) , १२.५ सेन्टिमिटरभन्दा माथि: सामान्य अवस्था मानिन्छ । परियोजनाको पहिलो चरणमा घरदैलोमार्फत सचेतना फैलाउँदै सबै बालबालिकाको मुआक लिने कार्य गरिनेछ ।

त्यस्तै मुआक परीक्षणपछि बालबालिकाको पोषण सुधार गर्न योजना निर्माणमा सहयोग पुग्ने वेसका परियोजना संयोजक सुरेश चौधरीले बताए । पाँच वर्षे अवधिमा जिल्लाका सबै वडामा लक्षित उमेर समूहका बालबालिकाको पोषण सुधारका लागि कार्य गरिने उनको भनाई छ । लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रदायक संस्था, पालिका स्तरीय स्वास्थ्य संरचना र सरोकारवालाबीच समन्वय गरेर पोषण सुधारका प्रयासलाई अघि बढाइने बताए ।

लमही नगरपालिकाका सबै विद्यालयमा ६ महिनादेखी ५९ महिना मुनिका बालबालिकालाई जुकाको औषधि चलिरहेको वरिष्ठ अस्पताल नर्सिङ्ग निरीक्षक मिना शर्मा ज्ञवालीले जानकारी दिइन् ।लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले पोषणद्वारा बालबालिकाको जीवन रुपान्तरण कार्यक्रम जस्तै अन्य कार्यक्रमहरु गर्न जरुरी रहेको र यसका लागि आवश्यक पर्ने बजेट विनियोजन गरी वडा र नगरपालिकाले अत्यन्तै संवेदनशिल भएर यो कार्यक्रमलाई अगाडी बढाउन आवस्यक रहेको बताए । कार्यक्रमको संचालन कोलही नगर स्वास्थ्य केन्द्रका प्रमुख जनस्वास्थ्य निरीक्षक कृष्ण आचार्यले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]