
Djs
Unsku
Rgp1
Gfs
sbs
cjs
Ggp
Pes
Lnp
Rgp
pku
Srbpu
Sgr
Pbu

Vor
Sls
Ksm
Tsm
Pvg
Ssm
Sbs
Ggd
Rgu
Bbu
Wsp
Bbbpu
Asm
Rgu
nsb
Gst
Rsb
Rgs
Hal

Gsb
Rmb
Jmb
Pls
Abd
bbt
Syp
Rpp
Jmb
sab
Bml
Ptm
Mks
दाङ । लमहीमा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन बालबालिकाको पाखुराको नाप लिने अभियान सुरु गरिएको छ ।
यो अभियान सोमबार लमही नगरपालिकामा रहेका स्वास्थ्य संस्थाबाट सुरु भएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्था जाँच गरिनेछ । हेलन केयरको सहयोगमा वेस ( ब्याक वार्ड सोसाइटी एजुकेशन ) द्वारा सञ्चालित ‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो ।
त्यस्तै बालबालिकाको पाखुराको बिच भागको परिधी मापन गरेर कुपोषणको अवस्था वर्गीकरण गरिन्छ । ५.५ सेन्टिमिटरदेखि ११.५ सेन्टिमिटर: कडा कुपोषण (रातो चिन्ह) , ११.५ सेन्टिमिटरदेखि १२.५ सेन्टिमिटर: मध्यम कुपोषण (पहेलो चिन्ह) , १२.५ सेन्टिमिटरभन्दा माथि: सामान्य अवस्था मानिन्छ । परियोजनाको पहिलो चरणमा घरदैलोमार्फत सचेतना फैलाउँदै सबै बालबालिकाको मुआक लिने कार्य गरिनेछ ।
त्यस्तै मुआक परीक्षणपछि बालबालिकाको पोषण सुधार गर्न योजना निर्माणमा सहयोग पुग्ने वेसका परियोजना संयोजक सुरेश चौधरीले बताए । पाँच वर्षे अवधिमा जिल्लाका सबै वडामा लक्षित उमेर समूहका बालबालिकाको पोषण सुधारका लागि कार्य गरिने उनको भनाई छ । लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रदायक संस्था, पालिका स्तरीय स्वास्थ्य संरचना र सरोकारवालाबीच समन्वय गरेर पोषण सुधारका प्रयासलाई अघि बढाइने बताए ।
लमही नगरपालिकाका सबै विद्यालयमा ६ महिनादेखी ५९ महिना मुनिका बालबालिकालाई जुकाको औषधि चलिरहेको वरिष्ठ अस्पताल नर्सिङ्ग निरीक्षक मिना शर्मा ज्ञवालीले जानकारी दिइन् ।
लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले पोषणद्वारा बालबालिकाको जीवन रुपान्तरण कार्यक्रम जस्तै अन्य कार्यक्रमहरु गर्न जरुरी रहेको र यसका लागि आवश्यक पर्ने बजेट विनियोजन गरी वडा र नगरपालिकाले अत्यन्तै संवेदनशिल भएर यो कार्यक्रमलाई अगाडी बढाउन आवस्यक रहेको बताए । कार्यक्रमको संचालन कोलही नगर स्वास्थ्य केन्द्रका प्रमुख जनस्वास्थ्य निरीक्षक कृष्ण आचार्यले गरेका थिए ।
